प्रेमनारायण आचार्य
अर्घाखाँची, १८ असोज । अर्घाखाँचीको सन्धिखर्कमा अविरल बर्षा तथा सवारी साधनको आदानप्रदानले सडकमा परेका खाडलहरु पुर्न शुरु गरिएको छ ।
सन्धिखर्क नगरपालिकाले उपलब्ध गराएको साधन स्रोत र शसस्त्र प्रहरीको म्यान पावर प्रयोग गरेर सडकमा परेका खाल्डाखुल्डी पुर्न थालिएको शसस्त्र प्रहरी बल अर्घाखाँचीका प्रमुख डिएसपी भिमसेन बोहोराले बताउनुभयो ।
सडकमा परेका खाल्डाखुल्डीले सडक दुर्घटना बढ्ने भएपछि दुर्घटना नयुनीकरणका लागि सन्धिखर्क र चुत्राबेसी बजारका मेन रोड तथा मुख्य सडकमा खाल्डाखुल्डी पुर्न शुरु गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।
विजया दशमी तथा आउदै गरेका चाडबाडलाइ लक्षित गरेर सडक मर्मतसुधार गर्न थालिएको हो । सडक मर्मतका लागि नगरपालिकाले शुरु गरेको अभियानमा शसस्त्र प्रहरीले सहयोग गरेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
सडकमा परेका अस्वभाविक खाडलहरु पुरेर सुरक्षित यात्रा तय गर्न सडक मर्मतले सहयोग पुग्ने नगरपालिका र शसस्त्र प्रहरीको अपेक्षा रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभयो ।