स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सार्वजनिक गरे तीन महिनाका उपलब्धि, यि हुन २० बुँदा ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेले आफूले कार्यभार सम्हालेको तीन महिनाका उपलिब्ध सार्वजनिक गरेका छन्।

असार ३१ गते कार्यभार सम्हाल्दा व्यक्त प्रतिबद्धता तथा त्यसपछि निर्मित कार्ययोजनाअनुसार यसबीचमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको भन्दै उनले २० बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन्।

उनले अस्पतालमा भीड व्यवस्थापन गर्न १७ संघीय अस्पतलामा अनलाइन प्रणाली सुरुवात गरेकोदेखि संघीय अस्पतालमा दुई सत्रमा ओपीडी सेवा सञ्चालनलाई उपलब्धिको सूचीमा राखेका छन्।

त्यस्तै क्यान्सर उपचार सेवा थप पाँच प्रदेशमा विस्तार गरेर सातै प्रदेशमा सुरु गरेको, पहिलोपटक तीन तहको समन्वय समिति बैठक बसेको, स्वास्थ्य बिमाको अंक ५ लाख पुर्‍याउने घोषणा र १४ बुँदे सुधारका योजना तथा प्राथमिकता घोषणा गरेको कुरा पनि प्रगति विवरणमा समेटेका छन्।

बुँदागतरूपमा हेर्नुहोस् स्वास्थ्यमन्त्रीको प्रगति विवरण:

साउन

   १) अस्पतालमा भीड व्यवस्थापन र १७ संघीय अस्पतलामा अनलाइन प्रणाली सुरुवात

२) संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सुरु
३) क्यान्सर उपचार सेवा थप पाँच प्रदेशमा विस्तार गरेर सातै प्रदेशमा सुरु
४) पहिलो पटक तीन तहको समन्वय समिति बैठक

भदौ
१) राष्ट्रिय आविष्कार केन्द्र र मन्त्रालयबीच संघीय अस्पतालमा बिग्रेर थन्किएका उपकरण मर्मत गर्न सम्झौता
२) जनस्वास्थ्य प्रयोगशालामा अन्य सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका नमूना विदेश पठाउन नपर्ने गरी प्रयोगशाला सुविधा
३) सार्वजनिक बिदाका दिन अस्पतालमा ओपीडी सेवा सुरु
४) समायोजनमा समस्या देखिएका स्वास्थ्य जनशक्तिको समस्या समाधानका लागि कार्यविधि स्वीकृत, १६ सय बढी लाभान्वित
५) सहिद गंगालाल अस्पतालमा राष्ट्रिय खेलाडिको निःशुल्क स्वास्थ्य परीक्षण सुरु
६) स्वास्थ्यकर्मीको सुरक्षा सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन प्रक्रिया सुरु

असोज
१) चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान, वीर अस्पताल (न्याम्स)सँग आबद्धता लिएका अस्पतालमा ४ सय शिक्षक चिकित्सकको दरबन्दी स्वीकृत, थप ४ सय जना पीजी तहमा पठनपाठन गर्न मिल्ने बाटो खुला
२) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ५०।५० एमबीबीएस पठनपाठनका लागि निर्णय
३) सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत सातै प्रदेशमा मुटुको विस्तारित सेवा लैजाने निर्णय
४) जन्मजात अपांगता हुन नदिन परोपकार अस्पतालमा बालबालिकाको निःशुल्क परीक्षण र वंशाणुगतजन्य रोगको निःशुल्क उपचार सुरु
५) भारत भ्रमणका क्रममा वीर अस्पताल तथा जीपी कोइराला अस्पताललाई ३ सय सैय्याको बनाउन त्यहाँका स्वास्थ्यमन्त्रीसँग आग्रह, सहयोगको प्रतिबद्धता प्राप्त
६) संघीय राजधानीबाहिर पहिलो पटक नवलपरासी बर्दघाट सुस्तापूर्वमा ट्रमा सेन्टर शिलान्यास
७) विपद् प्रभावितलाई निःशुल्क स्वास्थ्य उपचार, प्रभावित क्षेत्रमा संक्रमण फैल्न नदिन सरोकारावाला मन्त्रालयसँग समन्वय, सचेतना र प्रचारप्रसार
८) जर्मनीमा विश्व स्वास्थ्य सम्मेलनमा नेपाललाई निःशुल्क बालबालिकाको क्यान्सरबिरुद्धकासहित ५ प्रकारका खोप उपलब्ध गराउन गाभीसँग माग, सहयोगको प्रतिबद्धता प्राप्त
९) विश्व स्वास्थ्य संगठनलाई हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी क्षेत्रीय अनुसन्धान केन्द्रमा सघाउन महानिर्देसकसँग आग्रह, सकारात्मक प्रतिबद्धता प्राप्त

कात्तिक
 १०) महिला स्वास्थ्य स्वयंसेविकालाई कामको प्रयोजनका लागि निःशुल्क यातायात व्यवस्था गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img