राष्ट्रिय स्वतन्त्र पार्टी:  नयाँ राजनीतिक पार्टी कि नयाँ ठगि धन्दा ?

सुरेशमणि त्रिपाठी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित सहकारी ठगिको प्रकरणमा पक्राउ परेपछि उनको पक्ष र विपक्षमा विभिन्न प्रतिक्रियाहरू सामाजिक सञ्जाल र आम मिडियाहरुमा देखा परेका छन् । भनिन्छ, सडक जहिले पनि पिडित पक्षको हुन्छ तर पिडित (सहकारी पिडित) लाइ सडकबाट बिस्थापित गरि ठगहरुको जमातले सडक कब्जा गरि कानुनको उपहास गरि भिडको बलमा अनुसन्धानलाई प्रभावित गर्न देश भरि बाट आफ्ना कार्यकर्ताहरु लाइ पोखराको सडकमा उतारेको छ ।

यसले के देखाएको छ, भने राष्ट्रिय स्वतन्त्र पार्टी भनी निर्वाचन आयोगमा जुन राजनीतिक पार्टी भनेर दर्ता छ, के यो साचिकै राजनीतिक पार्टी नै हो त भन्ने प्रश्न उठेको छ ? किन भने यदि कुनै राजनीतिक पार्टीको नेतृत्व बारम्बार अपराधीक क्रियाकलापमा जोडिन्छ र यदि उसको पार्टीले नेतृत्व परिवर्तन गरि अगाडी बढछ, भने त्यो राजनीतिक पार्टी हुन्छ । सभापति नै संस्था हुन्छ भन्ने नाममा लामिछानेको व्यक्तिगत नैतिक चारित्रिक संकट लाई पार्टीको संस्थागत संकट र जिमेवारी बनाउछ भने त्यो गिरहो हुन्छ राजनीतिक पार्टी कदापी हुन सक्दैन ।

सरकारले गठन गरेको संसदीय छानबिन समितिमा स्वयंम रास्वपा सांसद सदस्य लगाएत समितिका सम्पूर्ण सदस्यहरूले रबि लाई सहकारी ठगि प्रकरणमा दोषी करार गरि अवसेक कानुनी कारवाहीको लागि सरकारलाई सिफारिस गरिरहदा समितिका स्वयंम ति सदस्य (रास्वपा) लागएत तिनका इतरका मिडिया र कार्यकर्ताहरु देशमा कानुन बनाउने पदमा बसेका पार्टी इतर सांसदहरूले नै लामीछानेको बचाऊ गर्दै  रबिले सहकारी ठगि गरेका होइनन, केवल गोर्खा मिडियाको नाममा रहेको ६५ करोड रुपियाँको चेक मात्र काटेका हुन् त्यसैले रबि लामिछाने निर्दोष छन् भनि रविकाे पक्षमा वकालत गरि रहेछन् ।

यदि यस्तै तर्क नै गर्ने हो भने मानौ  जी. र. क. छ. नाम गरेका व्यक्तिले कुनै एउटा केटिको बलात्कार गर्ने योजना बनाउछन् र एक दिन जी. भन्ने व्यक्तीले कुनै ठाउमा ति केटि लाइ बोलाइ र. छ. क. भन्ने व्यक्तीहरुलाई कसैलाई ति केटिको हात, कसैलाई केटिको टाउको र कसैलाई केटिको मुख समातन थुन्न लगाई जी. भन्ने व्यक्तिले  ति केटि सँग याैन सम्पर्क स्थापित गर्छन भने के बलात्कार जी. भन्ने व्यक्तीले मात्र गरेको ठहरिन्छ? कि संग्लग्न सबै बराबर को भागीदार हुन्छन? यो प्रश्न ति सवै रविका पक्षपोण गर्न सडक तथा सामाजिक संजाल मा उत्रेका मित्रहरु लाई विभिन्न काल खण्डमा नेपालका विभिन्न राजनीतिक पार्टीहरुका उपल्लो तहका नेताहरु यस्तै प्रकृति अनेक क्रियाकलापमा संग्लग्न भई सम्मानित अदालतबाट कसुरदार ठहरी जेल गएको र सम्पूर्ण जिबन राजनीतिक  बाट हात धुनु परेको कयौ उदाहरणहरु छन् ।

यसलाई आत्मसाथ गरि न्यायलयको काम लाई अवरअेध नगरी यथासिघ्र सडक खालि गरि पर्यटकीय नगर पोखरा बासी लाइ बिना अबरोध हिड डुल गर्न दिई न्यायलयलाई आफ्नो काम स्वतन्त्रता पुर्वक गर्न दिनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img