काठमाडौैँ । सन्सा फिल्मस द्वारा आयोजित देउसी भैलो भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरज खनालको अध्यक्षता गायक तथा सर्जक मोतिराज खनालको प्रमुख आतिथ्यता, पत्रकार वर्षा खनाल लगायत ख्याति प्राप्त कलाकारहरुको सहभागीतामा समापन तथा सम्मानपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।
सांस्कृतिक तथा धार्मिक पर्व दिदी बहिनी दाजुभाइको सम्बन्धलाई जिवन्त बनाउने साथै काग तिहार, कुकुर तिहार, गाई तिहारमा पशुपन्छीको पनि पुजा अर्चना गर्ने माया गर्ने सम्पुर्ण जगत्को अस्तित्व स्विकार गर्ने प्रेम भाव दर्शाउने पशुपन्छीलाई फुलमालाले सजाउने मिठा मिठा परिकार बनाएर खान दिने यो पर्व मन नपर्ने सायद कमै होलान । सन्सा फिल्मसले पनि ख्यातीप्राप्त कलाकारहरुको सहभागीतामा हर्ष उल्लासका साथ देउसी भैलो सम्पन्न गरेको सस्थाका अध्यक्ष सुरज खनालले बताउनु भयो ।
देउसी भैलो खेल्नुको मुल उदेश्य लोप हुँदै गएको मौलिकपनको जगेर्ना गर्नु रहेको कार्यक्रमका प्रमुख अतिथि गायक मोतिराज खनाले बताउनुभयो । कार्यक्रममा देउसी भैलोका साथै हाम्रा लोपोन्मुख ख्याली नाच, सोरठी नाच र मारुनी नाचले गर्दा डेक बजायर नाच्ने सहर बजारको जीवन शैलीबाट अलिकती मौलिकता बचाउनु पर्छ धर्म सस्कृती बचाउनु पर्छ भन्ने भावनाले ठाउँ पाएको छनक देख्न सकिन्थ्यो । यस संस्थाले सन्सा फिल्मस द्वारा देउसी भैलो खेल्ने सम्पुर्ण कलाकार तथा पत्रकारलाई सम्मान गरेको हो । कार्यक्रम रोचक र आकर्षक देखिन्थ्यो । उक्त कार्यक्रम अन्त नारायण केसीले संचालन गर्नभएको थियो ।