पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिँदै छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई रुपन्देही लग्न लागिएको हो ।
उनलाई बिहान ५ बजे नै पोखरा विमानस्थल पुर्याइएको थियो । सूर्यदर्शन सहकारीमा पक्राउ परेका रवि लामिछाने २५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
लामिछानेलाई केहीबेरमा भैरहवा ल्याएर विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लगिने तयारी रहेकाे स्राेतले जनाएको छ ।