२७ मंसिर २०८१, बिहिबार
२७ मंसिर २०८१, बिहिबार
spot_img

फर्सवाटाकुरा मावि र साधनबुटा आधारभुत विद्यालयका ७० विद्यार्थीलाई निःशुल्क ड्रेस वितरण

घनश्याम पौडेल
अर्घाखाँची, २७ कात्तिक । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ३ खिदिम अर्घाखाँचीमा रहेको फर्सवा टाकुरा माध्यमिक विद्यालय र साधनबुट्टा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई निशुल्क ड्रेस (न्यानो कपडा) वितरण गरिएको छ ।

खिदिम ढाब निवासी समाजसेवी चतुर्भुज गौतमका छोरा तथा सोही विद्यालयका पूर्व विद्यार्थी हाल राष्ट्रिय बाणिज्य बैंक ११ औँ तहमा कार्यरत अच्युत गौतम र उहाँको बुहारी शारदा अर्याल, छोरी करुणा गौतम, ज्वाँई दीपक मोहन भट्टराई र भान्जा दिवस भट्टराई सहित फर्सवा टाकुरा माबिबाट २०५० सालको एस.एल.सि परिक्षामा सम्मिलित विद्यार्थी समुहबाट बिबेक पौडेल, लोकनाथ ज्ञवाली र जनक गौतमको संयुक्त लागतमा फर्सवाटाकुरा माविका ४५ जना गरिब, जेहेन्दार विद्यार्थीलाई वितरण गरिएको हो ।

May be an image of 11 people and people studyingMay be an image of 8 people and people smilingMay be an image of 1 person and tree

त्यसैगरी साधनबुट्टा आधारभुत विद्यालयका २५ जना विद्यार्थीहरुलाई पनि वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेल, वडा अध्यक्ष युवराज ज्ञवाली, फर्सवाटाकुरा माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हुमबहादुर जिसी, पुर्व विद्यार्थीहरु अच्यूत गौतम, करुणा पौडेल, शारदा अर्याल गौतम, दिपक मोहन भट्टराई, सुमन सागर जङ केसी लगाएतको उपस्थिती रहेको हो । त्यस्तै आलमदेबी आधारभुत विद्यालय खिदिममा राष्ट्रिय बाणिज्य बैंकको कार्यक्रम अन्र्तगत २ वटा कम्प्युटर सोही विद्यालयलाई हस्तान्तरण पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img