पर्सा । नेपाली काँग्रेस पर्सा जिल्लाका कार्यबाहक सभापति श्री रामनारायण कुर्मिको अध्यक्षतामा युवा संकल्प यात्राको कार्यक्रम पर्सा जिल्ला बिरगंज कांग्रेस पार्टि कार्यालयमा संचालन भएको छ। नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै बिरगन्जमा नेपाली कांग्रेसका नेता रन्जित कर्ण ले मधेस प्रदेशको आधारभुत आवश्यकता , कृषि प्रविधि लगायत र प्रतिव्यक्ति आय रोजगारीलाई जोड्ने आर्थिक विकास लगायतका विषयगतगत सुधारको लागि पहल गर्नुपर्ने बताउनु भएको छ ।
उहाँले मधेस प्रदेश सरकारमा कांग्रेस बाहेक बिभिन्न दलको सरकार बनेको र सबै परिक्षण भएर असफल भएको बताए । संविधान सभा सदस्य समेत रहेका नेता कर्णले मधेस प्रदेशको विकासका लागि सामुहिक पहल गर्नुपर्ने बताउनुभयो । युवा संकल्प अभियानका प्रस्तावलाई सुनाउदैं नेपालमा सहकारि ठगिको प्रसंग जोड्दै नेता भुपेन्द्रजंग शाहीले कटाक्ष गरेका छन् । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ शाहीले खोरमा ठुलो स्वरमा कराउदैमा स्याल बाघ हुदैन भन्दै जोसुकै भ्रष्टचारीलाई कडा कार्बाहि हुनुपर्ने अडान रहेको बताए ।
युवा संकल्प यात्रा अभियानमा नेपाली कांग्रेसका नेता रन्जित कर्ण, भुपेन्द्रजंग शाही , प्रेमिका राना मगर, सुमन गिरी, सुरेश डंगोल लगायत युवा संकल्प यात्राका ४० जना यात्री रहेका छन् थप कार्यक्रम निर्धारित कार्यतालिका अनुसार नै संचालन हुने अभियानका नेत्री नेविसंघ केन्द्रीय सदस्य विनोद शाही ठकुरिले जानकारी दिए ।
पुर्वको मेचिनगर देखि महेन्द्रनगरसम्म चल्ने यात्रा बिरगंजबाट निर्धारित कार्यतालिका अनुसार भोलि भरतपुर चितवनमा हुने र महेन्द्रनगर सम्म पुगेर टुङ्गिने नेता ठकुरीले बताए ।