सम्पत्ति जफत गरेर सहकारी पीडितको बचत फिर्ता गर्नुपर्छ: शाही

चितवन । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले सहकारी पीडितको बचत फिर्ता गरिनुपर्ने बताएका छन्। सहकारी ठगीमा संलग्न पुष्टि भएकाहरूको सम्पत्तिबाट सहकारी पीडितहरूलाई बचत फिर्ता गरिनुपर्ने उनको भनाइ छ ।

मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्राका क्रममा बिहीबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै शाहीले भने, ‘सहकारी संस्थाका बचत अपचलन गर्नेहरूको सम्पत्तिबाट सहकारी पीडितका बचत फिर्ता गरिनुपर्छ।’ उनले सहकारी बचत अपचलन गर्नेहरूले जनतालाई भ्रमित पार्ने गतिविधि गरिराखेको पनि आरोप लगाएका छन् । चितवन कांग्रेस सभापति राजेश्वर खनालकोको अध्यक्षतामा युवा संकल्प यात्राको कार्यक्रम पार्टी कार्यालय भरतपुरमा भएको हो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरूङ, नेता रन्जित कर्ण र प्रेमिका राना मगर, तरूण दलका केन्द्रीय सदस्य सुवन गिरी लगायतले धारणा राखेका थिए । गत कात्तिक २३ गतेदेखि युवा संकल्प यात्रा सुरू भएको थियो । भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व-पश्चिम संकल्प यात्रा भइरहेको हो।

सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने यात्राको एजेन्डा छ । सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने एजेन्डासमेत यात्रामा उठान गरिएको शाहीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img