घनश्याम पौडेल
अर्घाखाँची, १ मंसिर । अर्घाखाँची बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा द्रोणप्रसाद भुसाल निर्वाचित भएका छन् । सन्धिखर्कमा भएको नबौ साधारणसभाबाट उपाध्यक्षमा चन्द्रप्रसाद श्रेष्ठ, शिवकला विक, सचिवमा धर्मराज भुसाल, कोषाध्यक्षमा नरहरी श्रेष्ठ सर्वसम्मत चयन भएका हुन ।
सञ्चालक समितीको सदस्यमा गणेश पौडेल, तारा खत्री, कल्पना पाण्डे, कमला पन्थी, हिमलाल खनाल, भविश्वर आचार्य, लेखा सुपरिवेक्षण समिती संयोजकमा पार्वती भुसाल, सदस्यहरुमा भिमलाल बेल्वासे र मनिराम भुसाल निर्वाचित भएको निर्वाचन समितीका संयोजक प्रकाश भुसालले जानकारी दिए ।
साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितीका प्रमुख जिवनारायण कोईरालाले ‘सहकारी क्षेत्रमा देखिएको विकृती हटाउँन सहकारी अभियान्ताहरु जिम्मेवारी भएर लाग्नुपर्ने बताउँदै राज्यका निकायहरु कडाईमा लागेको बताए।’ उनले हरेक ठाउँमा सहकारी समस्याको समाचार आईरहेको छ, अर्घाखाँचीमा समस्या देखिएको छैन, सहकारीमा बदमासी गर्नेलाई नियमन गर्ने निकायले छोड्ने पनि छैन, कोईरालाले थप गर्दै भने ‘सहकारी क्षेत्र बचत र ऋणमा केन्द्रीत नभई उत्पादनका क्षेत्रमा अग्रसर रहन पनि आग्रह गरेका छन् ।
जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालले सहकारीमा शुसासन ल्याउँन जिम्मेवार सञ्चालक विनियम र सहकारी ऐनअनुसार अगाडी बढेमा समस्या नआउँने बताउँदै अर्घाखाँचीमा सहकारी क्षेत्र सञ्चालनमा सजकता अपनाईएको बताए । सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि उपलव्धी मुलक कामहरु पनि गरेका संस्था उदाहरणीय रहको बताउँदै सबै सहकारीहरु गलत बाटोमा नरहेको अध्यक्ष भुसालको भनाई रहेको छ । जिल्लाका ३३ वटा बचत तथा ऋण सहकारी संस्था आवद्ध भएको जिल्ला बचत संघमा २१ लाख ७ सय ८९ पुजीँ तथा दायित्व रहेको व्यवस्थापक बसन्ता गुरुङ्गले जानकारी दिईन् ।
निर्वाचन समितीका संयाजकमा जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसाल, सदस्यमा प्रदेश बचत तथा ऋण संघका सञ्चालक रुद्र श्रेष्ठ, जिल्ला सहकारी संघका सचिव घनश्याम पौडेल रहेका थिए । उद्घाटन समारोह जिल्ला बचत तथा ऋण संघका अध्यक्ष द्रोणप्रसाद भुसालको अध्यक्षता, उपाध्यक्ष पार्वती भुसालको स्वागत र सचिव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको हो । अर्घाखाँची बचत तथा ऋण संघ राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कुन, राष्ट्रिय सहकारी बैंक लि., प्रदेश सहकारी संघ, प्रदेश बचत संघ लुम्बिनी, जिल्ला सहकारी संघ अर्घाखाँचीमा आवद्ध रहेको छ ।