कफी खेतीमा युवा आकर्षित गर्नुपर्छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन् ।

२०औं राष्ट्रिय कफी दिवसका अवसरमा शुक्रबार कीर्तिपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्गानिक कफी उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको बताए ।

कफीको उत्पादन र उत्पादकत्वमा व्यापक सुधारको आवश्यक रहेको उनले बताए । सार्वजनिक–निजी साझेदारीका साथै कफी मूल्य शृङ्खलाका सबै चरणमा संलग्न व्यक्ति, किसान, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताबीच समन्वय र सहकार्यको आवश्यक रहेको उनले बताए ।

मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । मन्त्रालयले कफी क्षेत्रको विकास तथा विस्तारका लागि उपयुक्त नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता पनि जनाए ।

‘नेपालको कफी क्षेत्रले २० वर्ष अवधिमा अनेक आरोह अवरोह सामना गर्नुपरेको भन्दै उनले हाल कफी बजार सुनिश्चित भएको कृषि उपजका रूपमा स्थापित भएको छ,’ मन्त्री अधिकारीले भने । ३० हजारभन्दा बढी किसानको आय आर्जनको स्रोत कफी खेती बनेको र हजारौंले कफी उद्योग तथा क्याफे हाउसमा रोजगारी समेत पाइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

भूमिकास्थानमा १५ शैयाको अस्पताल सञ्चालन

देउवा फर्किँदा धरपकड भए विरोध गर्छौँं : शशांक कोइराला

स्वदेश फर्किँदै देउवा

नेप्से १३ अंकले घट्यो, ४ अर्ब ६२ करोडको कारोबार

नेपाल ज्योतिष परिषद् ललितपुरको अध्यक्षमा पुनः राजोपाध्याय

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img