अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको छत्रगञ्जमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । छत्रदेव रुपन्देही सम्पर्क समाजको आयोजना र छत्रदेव गाउँपालिका वडा नं. ५ को सहकार्यमा मंसिर २२ गते शनिबारका दिन निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क दात उपचार सेवा हुने आयोजक छत्रदेव रुपन्देही सम्पर्क समाजका सचिव विराट पौडेलले जानकारी दिए ।
स्वास्थ्य शिविरमा डा. नजिर खान, डा. अन्जनी कुमारी यादव, डा. पवन कटुवाल, डा. महेश पोख्रेल, डा. देवराज कंडेल, डा. प्रिज्मा घिमिरे, डा. मन्जिल मल्ल तथा दन्त शिविरमा प्राविधिक सहयोग तिनाउ डेन्टल केयर बुटबलले गर्ने भएको छ । सार्वजनिक मावि छत्रदेव छत्रगञ्जमा शिविर हुने भएको हो ।