८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

वडा कार्यालय धातिवाङ्गले ज्येष्ठ नागरिकलाई निःशुल्क तिर्थयात्रा गराउँने

अर्घाखाँची, १४ पुस । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं। ६ धातिवाङ्गले ज्येष्ठ नागरिकहरूलाई तिर्थयात्रा गराउँने भएको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएको वर्ष २०७९ सालबाटै सुरू गरेको तिर्थयात्रा कार्यक्रम सुरूको वर्ष पवित्र धार्मिस्थल रिडि, २०८० सालमा स्वर्गद्वारी मन्दिर तिर्थयात्रा गराएको थियो । यसवर्ष वडा कार्यालयले सुचना निकालेर ३ दिनको तिर्थयात्रा कार्यक्रममा बाग्लुङको कालिका मन्दिर र म्याग्दीको तातोपानि भ्रमण लैजाने तयारी भएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

गाउँमा युवाहरू छैनन, ज्येष्ठ नागरिकका पनि तिर्थ जाने चाहना हुन्छ, सम्मान गरेर सामान्य दोसल्ला ओढाउँन भन्दा वृद्ववृद्वाहरूलाई भ्रमण लैजाने गरेको र यो कार्यक्रम आफ्नो कार्यकालभरी नै सञ्चालन गर्ने वडा अध्यक्ष पौडेलको भनाइ छ ।
तिर्थयात्रा गराएपछि गाउँका ज्येष्ठ नागरिक निकै खुसी छन् । हरेक वर्ष वडाबाट एक रूपैयाँ खर्च नगरि नयाँ नयाँ ठाउँको।भ्रमण गर्न पाईएको छ, ज्येष्ठ नागरिक भिमलाल पौडेल भन्छन् स्थानीय सरकार आएको अनुभुती भएको छ ।

गाउँमा रहेका ७०-८० जनालाई तिर्थयात्रा लैजाने गरि सार्वजनिक सुचना जारी गरिएको छ, ६८ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई १५ दिनभित्र वडामा निवेदन दर्ता गराउँन वडा कार्यालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img