८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ ।

सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img