काठमाडौं । नेकपा एकीकृत समाजवादी अर्घाखाँची काठमाडौ सम्पर्क मञ्चको भेला काठमाडौंमा सम्पन्न भएको छ ।
भेला नेकपा एसका युवा नेता नारायण शर्माको अध्यक्षता र पार्टी पोलिट्व्युरो सदस्य मोहन गौतमको प्रमुख आतिथ्यता, केन्दिय कमिटि सदस्य सुशिल भट्टराईको विशेष आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
भेलाले टङ्क चौहानकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको हाे, जसमा उपाध्यक्ष खुल्लामा सुभाष भट्टराई, सचीवमम हिमाल थापा, उपसचिवमा सुदन गैरे ,विशाल पौडेल महिला उपसचिवमा ज्योति बन्जाडे, कोषाध्यक्षमा रोषन ज्ञवालीलाई चयन गरिएको हाे ।
मन्चले केन्द्रिय सम्मेलनका लागि प्रतिनिधि सुशील खनाल र रोशन ज्ञावली पठाउने निर्णय गरिएकाे छ ।













