अभिमन्यु पोख्रेल । अधिकार मात्र खोजेर हुँदैन सँगै कर्तव्य पनि नभुलौ, जन्मभूमि अर्थात् स्थानीय पालिका समृद्धिका लागि सबै एक भएर विकास र समृद्धिको अभियानमा अगाडि बढ्न जरुरी छ । राज्य अर्थात सार्वजनिक रुपमा पदधारण गरेका जनप्रतिनिधि बाट खासै काम नभएको आम नागरिकको गुनासो बढिरहेको छ ।
केही कानुनी झमेलाका कारण पनि नागरिकले सुशासनको अनुभुति गर्न पाएनन् । नीतिगत तथा कानुन र व्यवधान बारेमा नत नेतृत्वले बुझाउन सके न त नागरिकले बुझे । अब स्थानीय पालिका माथि उठाउन कस्तो रणनिति बनाउनु पर्छ ? जिज्ञासा, कहुतुहलका बावजुद कुनै न कुनै उपाय निकाली अगाडि बढ्नु बाहेकको अर्को अन्य कुन उपाय नै छैन् । छिमेकी देशहरूले विकासमा धेरै अगाडि बढिसके तर हामी अझै धेरै पछाडि छौँ । छिमेकीहरू कसरी अगाडि बढेका छन ? अब राज्य सञ्चालन गर्ने तिनै तहका जनप्रतिनिधिहरू कमसेकम उनिहरुबाट के सिक्न जरुरी छ तर त्यतातर्फ कम ध्यान गएको छ । निर्वाचनमा जनतालाई वचन दिएका कुराको ख्याल सम्म राख्न सके कुनै न कुनै उपायबाट केही न केही काम अगाडि बढ्न सक्ने थियो होला त्यसको मुताविक बहुमत र अल्पमतको बहाना बनाएको सुनिन्छ । स्थानीय पालिका विकासमा आफ्ना स्रोतसाधनको उच्चतम् प्रयोग गरि दीर्घकालिन सम्म आर्थिक विकास र स्वरोजगारका कार्यक्रम अगाडि बढाउनु पर्ने थियो तर त्यस्तो भएन । जनतामा आशा र विश्वास हुनु पर्थ्यो तर दुई कार्यकाल हुँदा पनि त्यस्तो देखिदैन ।
पहिलो कार्यकालको विकास मोडेलको निरन्तरता दोस्रो कार्यकालमा देखियो यसको असर आम जनतामा बेरोजगारी परनिर्भर र बसाइँसराइ बाहेक अरुमा सकारात्मकतामा केही देखिएन । बाटोको नयाँ ट्रयाक खोल्ने पुराना कच्ची बाटोहरू सोर्नेलाई विकास मान्दा अझ झन झन विकराल परिस्थिति बन्दै छ । गाउँको बसाइँसराइ बजार केन्द्रीकृत तीब्र गतिमा छ । युवा युवती सबैजसो विदेशिन बाध्य छन् । युवा जनशक्ति विदेशिँदा सिङ्गाे मुलुकलाई रेमिटेन्स त आउला तर सामाजिक रुपमा ठूलो बेथिति बढ्दो छ । जसको उदाहरण अदालतमा दैनिक रुपमा देखिने सम्बन्ध बिच्छेद हुनु र कयौँ परिवारको अवस्था बिचल्ली भएको छ ।
विवाह पछि लामो समय श्रीमान श्रीमती बेछोड हुँदा पारिवारिक वेमेल झगडा र पाराचुके सम्म पुगेका उदाहरण यत्रतत्र देखिन्छन सुनिन्छन यसलाई आम नेतृत्वले कहिले बुझ्ने ? भौतिक बिकासका नाममा आफ्नै लोडर डोजर र मेसिनको परिचालन स्थानीय नेतृत्वले कुनै न कुनै माध्यमबाट आफै गर्नाले क्षणिक फाइदा र चुनाबि खर्छ त उठ्ला आम जनतामा यसले केही पनि फाइदा गर्ने छैन । स्थानीय र आम जनताको घर घरमा खुसी ल्याउने , बसाइँसराइ रोक्ने , विदेशिन रोक्ने एउटा उपाय भनेकै आयआर्जन हो । यसमा कसले ध्यान दिने । उत्पादन केन्द्रित योजना कहि कतै बनेको त देखिन्छ तर उत्पादनको वजारिकरण कसले गर्ने ? पालिकाको नीति नियमले खरिदबिक्री गर्न नदिने अन्य मेकानिजम डेभलप नहुनाले आज गाउको उत्पादन छैन किनकी केही गरौ भन्ने कृसकले बिक्रि नहुदा कसरी उत्पादनमा लाग्ने पेरेणा पाउन । जुनसुकै ब्यक्तिले चुनावी नारा उत्पादनको बजारीकरण गर्छु भने पनि नीतिगत र कानुनी कारण गर्न सक्दैन तेसैले राजनीति र व्यक्तिवाद भन्दा माथि उठेर हामी सबैले केही न केही योगदान दिउ जसले सिङ्गाे पालिकाको मुहार फेर्ने छ । तेसका लागि पालिका स्तरिय बहुउद्देश्यीय कृषि सहकारी खोलौ !
उत्पादनलाई बजारीकरण तेहि सहकारी आफैले गर्नेछ । जसमा स्वम कृसको पनि लागानी हुनेछ , यसमा सहाकारीले आवस्यक बीउ बिजन प्रबिधी बेच्नेछ र कृसकको उत्पादन किन्नेछ ! कृषकलाइ आवश्यक लगानी सहुलियत कर्जा प्रधान गर्नेछ तब आयआर्जन हरेको बढ्ने छ । युवा युवती बिदेसिन बाट रोकिने छन तब गाउँ रमाइलो हुनेछ , हामी सहर पसेका केही कमाएका र गाउमा केही भएन भन्नेले साच्चिकै गाउको माया गर्छौ भन्ने क वर्गका बैंकमा जम्मा गरेका लाखौं रुपैया मध्य एक लाख रुपैँया सहकारीको सेयर धनी भएर ६ प्रतिशत ब्याज पाउने गरि गाउलाइ उत्पादनमुखी बन्नाइ तजा र अर्गानिक खाद्य वस्तु आफ्नै सहरमा आफ्नै गाउको खाने छौ अनि कसरी बन्दैन तपाईं जन्मेको गाउँ ? अब खाचो वेल म्यानेजमेन्टको हो । उत्पादन र उचित बजारीकरणको व्यवस्थापनले न त गाउको विकास रोक्ने छ न त बसाइ सराइ बढ्ने छ यहाँ त केवल हरेक नागरिकको थोरै थोरै ब्याक्तिगत सामाजिक दाहित्वको खाचो मात्रै छ । तेसैले हरेक ब्यक्तिले आफ्नो सानो प्रयास मात्रै गरौ, खन्डन ब्याख्या जवाफ सबाल र असम्भव भन्दा पनि सक्ने गरौं हात धोयर बिरोध नगरौ ।