आज (शुक्रबार) राति देशभरकै तराई र पहाडी क्षेत्रमा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ। विभागले हुरीको सम्भावना बढी रहेका स्थानमा फरक-फरक रङ दिएर चेतावनी नक्सासमेत जारी गरेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार हुरीको खतरा पहाडमा भन्दा तराई क्षेत्रमा बढी देखिएको छ।
‘हुरीको सम्भावना देशभरकै पहाड र तराई क्षेत्रमा देखएिको छ’, उनले नेपालखबरसँग भनिन्, ‘तर हुरीको खतराका हिसाबले पहाडभन्दा तराईमा बढी देखिएको छ।’
हेर्नुहोस् हुरीका लागि चेतावनी नक्सा















