कृष्णप्रसाद गैरे
पाणिनी, ४ माघ । नेपाल निजामती कर्मचारी युनियन स्थानिय कार्यसमिती पाणिनीको द्रोसो अधिवेशन दुर्गाफाटमा सम्पन्न भएको छ । अधिवेशनले मेघराज पौडेलको अध्ययक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ । जसको उपाध्यक्षमा गिता वाग्ले, प्रकाश भट्टराई, सचिवमा राजन महत्रा, सहसचिवमा मोहन महतरा, कोषाध्यक्षमा शालिकराम पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा शंकर विष्ट, यादव क्षेत्री, संगिता श्रेष्ठ, लक्ष्मी घिमिरे, माधव पोख्रेल, नवराज पोख्रेल चयन भएका छन् ।सल्लाहकार समितीको संयोजकमा शेषकान्त घिमिरे, सदस्यमा धुव्रराज घिमिरे र माधवप्रसाद अर्याल चयन भएका छन् ।
अधिवेशनको उद्घाटन समारोहमा नेपाली काँग्रेस पाणिनीका सभापति तुल्सीराम पौडेलले निजामती कर्मचारीहरु जनताको पक्षमा काम गर्नुपर्ने बताउँदै राष्ट्र निर्माणमा निजामती कर्मचारीको भुमिका उल्लेखनीय रहेको बताए । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य रुकेन्द्र पालुङ्गेले कर्मचारीहरु संगठित भई कर्मचारीहरुको हक र हितमा काम गर्ने देशकै प्रमुख संगठन युनियन संघ रहेको बताए । कार्यक्रममा पाणिनी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल, वडा नं. ३ का वडा अध्यक्ष युवराज ज्ञवाली, वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत केशर खड्का, सिविए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा, निजामती कर्मचारीका कार्यवाहक अध्यक्ष दिपक पाण्डे, पत्रकार महासंघका सहसचिव घनश्याम पौडेल लगाएतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन पाणिनीका अध्यक्ष मेघराज पौडेलको अध्यक्षता, शालिकराम पाण्डेको स्वागत र राजन महत्राको सञ्चालनमा सम्पन्न भएको हो ।