अर्घाखाँची । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को केन्द्रीय उपमहासचिवमा अर्घाखाँचीका लक्ष्मण खड्काले उम्मेदवारी दर्ता गरेका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य समेत रहेका खड्काले यही माघ १२ गते हुने राष्ट्रिय निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
देशमा भइरहेको शैक्षिक विकृति, विसंगति तथा शैक्षिक दलालहरूको अन्त्य गर्दै शिक्षा क्षेत्रमा आमूल रूपान्तरण गर्नका लागि आफूले केन्द्रीय उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेको खड्काले बताएका छन् । ‘समग्र विद्यार्थी आन्दोलनलाई नयाँ रूपमा विकास गर्दै आजको समयमा थप विद्यार्थी आन्दोलनको औचित्य पुष्टि गर्नु छ । यही माघ १२ गते हुने २३औँ राष्ट्रिय सम्मेलनमा निर्धक्क भएर मतदान गर्न देशभरका प्रतिनिधिहरूसमक्ष आग्रहसमेत गरेका छन् । केन्द्रीय उपमहासचिवमा खड्काको उम्मेदवारी दर्ता भएसँगै प्रचारप्रसारलाई तीव्र गतिमा अगाडि बढाइएको हो ।
को हुन लक्ष्मण खड्का यस्तो छ, राजनिती जिवनी
मालारानी गाउँपालिकाको वडा नं. ७ हंसपुरमा जन्मीएका खड्काले राजनितीको सुरुवात विद्यार्थी कालबाटै सुरु गरेका हुन् । श्री वैधनाथ माविमा अखिल क्रान्तिकारीको इकाई सदसमा २०६६ सालमा संगठित हुदैँ सन्धिखर्क नगरपालिका वडा नं. ०२ मा रहेको श्री जनज्योति माविमा कक्षा ११ मा पढदा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष २०६८ सालमा भए । २०६८ सालमै खड्का अखिल क्रान्तिकारीको जिल्ला सदस्य मनोनित भए, त्यस्तै २०६९ सालमा ईलाका नम्बर ०४ मा सर्वसम्मत अखिल क्रान्तिकारीको अध्यक्ष भए, २०६९ नेकपा माओवादी केन्द्र ईलाका नम्बर ०५ को इलाका सदस्य भएका खड्का २०७१ सालमा अर्घाखाँची जिल्ला शैक्षिक धरोहरको स्थापित क्याम्पस पाणिनि बहुमुखी क्याम्पस मूल इकाई द्रोसो समेलनबाट अखिल क्रान्तिकारीको अध्यक्ष बने ।
२०७२ सालमा अर्घाखाँची जिल्लाको अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष निर्वाचित भए । २०७३ सालमा अनेरास्ववियू क्रान्तिकारी केन्द्रीय आयोजक समिति सदस्य तथा जिल्ला अध्यक्ष , २०७३ एकीकृत नेकपा माओवादी जिल्ला आयोजक समिति सदस्य, २०७३ फागुन १४ गते अर्घाखाँची जिल्ला कै धरोहर पाणिनि बहुमुखी क्याम्पसमा स्ववियू सभापति निर्वाचित भए । २०७७ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकता पछि नेकपा बने पछि पुनः सयुक्त विधार्थी अर्घाखाँची जिल्ला संयोजक बनेका खड्का २०७८ मसिर २७ गते अखिल क्रान्तिकारीको २२ औँ केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका खड्का लुम्बिनी प्रदेशबाट केन्द्रीय उपमहासचिवकोे उम्मेदवारी दिएसँगै प्रचारप्रसारमा लागेका छन् । खड्का लोकप्रिय विद्यार्थी नेता हुन ।