५ फाल्गुन २०८१, सोमवार
५ फाल्गुन २०८१, सोमवार
spot_img

पाणिनीको राष्ट्रपति रनिङ शिल्डको उपाधि हरिहर मावि पोखराथोकले जित्यो, दोस्रोमा धातिवाङ्ग मावि

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पाणिनी गाउँपालिकाको बरका रूख खेल मैदानमा बुधवार सम्पन्न भएको प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो । सातौँ संस्करणको अन्तर विद्यालय प्रतियोगितामा हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयले ४ स्वर्ण , ६ रजत र ३ काश्य जित्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।

यस्तै धातिवांङ माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत र २ काश्य सहित दोस्रो स्थान हासिल गरेको छ । भने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पणेनाले ४ स्वर्ण, १ रजत र ६ काश्य सहित तेस्रो स्थान हासिल गरेको खेल शिक्षक गोविन्द पौडेलले जानकारी दिए ।

उपाधि जितेसँगै प्रथमले २० हजार, द्वितीयले १२ हजार र तृतीयले ८ हजार नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खनालले जानकारी दिए ।

भलिबल छात्रा तर्फ सिद्ध मावि पाणिनी २ ले उपाधि हासिल गरेको छ । छात्र तर्फ द्यौराली माविले पटाैटिले उपाधि हासिल गरेको छ ।

कार्यक्रमको समापन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले विजेता, सहभागी तथा प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले पालिका खेलकुदको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै खेलाडीहरूलाई अनुशासन र लगनशीलताका साथ खेल क्षेत्रबाट पालिकाको पहिचान बनाउन आग्रह गरे।

विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल लगायतका १२ विधाका २४ स्वर्णका लागि प्रतिस्पर्धा भएकाे थियो । प्रतियोगितामा पालिकाभित्रका १६ विद्यालयका करिब ३ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img