१५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री थापा

पर्वत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन समयमै हुने बताएका छन् । पर्वतको पैँयू गाउँपालिकास्थित हुवासमा आज आयोजित नेपाली कांग्रेस पर्वत क्षेत्र ‘ख’ को प्रथम क्षेत्रीय सम्मेलनमा उनले महाधिवेशन विसं २०८२ मङ्सिरभित्रै गर्नुपर्ने व्यवस्थाअनुसार नै हुने बताए ।

पछिल्लो समय विसं २०८४ को आम चुनावपछि महाधिवेशन हुने चर्चा चलिरहेको भन्दै महामन्त्री थापाले महाधिवेशनलाई लामो समय गुजार्न नहुने तर्क गरे । “तपाईहरू भ्रममा नपर्नुहोला महाधिवेशन निर्धारित समयमै हुन्छ । अधिवेशनअघि पार्टीभित्रका आन्तरिक समस्या समाधान गर्ने गरी काम भइरहेको छ”, उनले भने ।

महामन्त्री थापाले संविधानमा रहेका केही उल्झनलाई सच्याएर जानुपर्ने त्यसका लागि सबै दलको सहमतिका लागि पहल गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गोबिन्दबहादुर शाह, तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img