५ फाल्गुन २०८१, सोमवार
५ फाल्गुन २०८१, सोमवार
spot_img

१५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री थापा

पर्वत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन समयमै हुने बताएका छन् । पर्वतको पैँयू गाउँपालिकास्थित हुवासमा आज आयोजित नेपाली कांग्रेस पर्वत क्षेत्र ‘ख’ को प्रथम क्षेत्रीय सम्मेलनमा उनले महाधिवेशन विसं २०८२ मङ्सिरभित्रै गर्नुपर्ने व्यवस्थाअनुसार नै हुने बताए ।

पछिल्लो समय विसं २०८४ को आम चुनावपछि महाधिवेशन हुने चर्चा चलिरहेको भन्दै महामन्त्री थापाले महाधिवेशनलाई लामो समय गुजार्न नहुने तर्क गरे । “तपाईहरू भ्रममा नपर्नुहोला महाधिवेशन निर्धारित समयमै हुन्छ । अधिवेशनअघि पार्टीभित्रका आन्तरिक समस्या समाधान गर्ने गरी काम भइरहेको छ”, उनले भने ।

महामन्त्री थापाले संविधानमा रहेका केही उल्झनलाई सच्याएर जानुपर्ने त्यसका लागि सबै दलको सहमतिका लागि पहल गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गोबिन्दबहादुर शाह, तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img