रिडी–बल्कोट सडक आजदेखि एक महिना बन्द

अर्घाखाँची, २५ माघ । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत गुल्मीको रिडी–बल्कोट सडकखण्ड आजदेखि एक महिना बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका– १ स्थित साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएकोे हो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रूपमा सूचना जारी गरी माघ २५ गते शुक्रबारदेखि फागुन २० गतेसम्म सडक पूर्ण रूपमा बन्द गरिएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालयका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिए ।

सडक सञ्चालन गरी काम गर्दा यात्रुहरूमा जोखिम हुन सक्ने भन्दै निर्माण व्यवसायीको मागअनुसार केही समयका लागि वैकल्पिक सडकको प्रयोग गरी उक्त सडक पूर्ण रूपमा बन्द गरि काम सुरु गरिएको निमित्त योजना प्रमुख पौडेलले बताए ।

सडक बन्द भएपछि कार्यालयले यात्रुलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि श्रृंगा बलेटक्सार हुँदै रिडी, सातमुरदेखि सिजीको बाटो हुँदै पाल्पाको हार्थोक हुदैँ अर्घाखाँची र रिडीको सातमुरे रहदेखि ठाडो खोला हुँदै रिडीको सडक प्रयोगमा ल्याएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले आवश्यक समन्वय र सहजीकरणका लागि गुल्मी र अर्घाखाँची जिल्लाका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य संघ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img