२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार
spot_img

पाणिनिको भानु माविमा कक्षा ८ र १० का विद्यार्थीलाई विद्यालयमै खाना, खाजाको सुविधा

अर्घाखाँची । पाणिनी गाउँपालिका–५, अर्घाखाँची स्थित भानु माध्यमिक विद्यालयले कक्षा ८ र १० का विद्यार्थीलाई बिहान ६ बजे देखि साँझ ६ बजेसम्म विद्यालयमै राखेर पढाउन सुरु गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार दाताहरूको सहयोगमा खाना र खाजासहित विद्यार्थीहरूलाई विद्यालयमै अध्ययन गराउने व्यवस्था गरिएको हो।

विद्यालयका प्रधानाध्यापक जिवलाल पोखरेलका अनुसार यो कार्यक्रम विशेष गरी एसईई दिने विद्यार्थीहरूको अध्ययन सुधारका लागि ल्याइएको हो। नियमित पाठ्यक्रमका अतिरिक्त अतिरिक्त कक्षा, गृहकार्य, अभ्यास, र समूहगत अध्ययनको सुविधा प्रदान गरिनेछ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल भटटराइले दाताहरूको सहयोगले यस्तो सुविधा उपलब्ध गराउन सकिएको बताउँदै विद्यार्थीलाई थप सहज वातावरण मिलाइने बताए। अभिभावकहरूले पनि यस कदमको स्वागत गर्दै यसले विद्यार्थीहरूको शैक्षिक सुधारमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो अभियानका लागि विव्यस अध्यक्ष हरिलाल भटटराइ, वि ब्यस सदस्य सुर्य भुसाल, लक्ष्मण सुनार, पूर्व विद्यार्थी झविलाल भट्टराइ र रोमा पोखरेलले खाधान्न तथा पकाउने भाडाहरुको सहयोग गरेका छन भने वडा कार्यालयले भान्सेको ब्यवस्था मिलाएको छ ।

विद्यालयमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको व्यवस्थापन, सिकाइको गुणस्तर, र कार्यक्रमको प्रभावकारिता बारे नियमित समीक्षा गरिने विद्यालय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img