काठमाडौँ । आज अर्घाखाँची काठमाडौँ सम्पर्क मन्च एकीकृत समाजवादीको बृहत् बनभोज कार्यक्रम त्रिभुवनपार्क थानकोट काठमाडौामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेकपा एसका पोलिटब्युरो सदस्य मोहन गौतम, केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहईन्चार्ज सुशिल भट्टराई, केन्द्रीय लेखा आयोग सदस्य सुनिता भुसाल बेल्बासे, उपत्यका विशेष प्रदेश कमिटि उपसचिव जमुना सोनम, जिल्ला कमिटि उपसचिव नारायण शर्मा लगायत २०० भन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
बहुचर्चित कलाकार राजु सोनम, कलाकार सुमन थापा, सनु रास्कोटी, मोडल तथा डान्सर विना विश्वकर्माले आाआफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा कुर्चिदौड प्रतियोगिता पनि राखिएको सम्पर्क मन्चका सहसचिव विशाल पौडेलले जानकारी दिए ।














