२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार
spot_img

शाईन रेसुङ्गा बैंकले मालारानीमा गर्याे नि:शुल्क स्वास्थ्य शिविर

अर्घाखाँची । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ अौँ बार्षिकउत्सबको अवसरमा अर्घाखाँची शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालारानि गाउँपालिका वडा नं.६, रतनमारेमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि. सन्धिखर्क शाखाका शाखा प्रमुख प्रकाश श्रेष्ठको अध्यक्षता, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईको प्रमुख अतिथी रहेकाे कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेल, कार्यपालिका सदस्य सरस्वता खनाल, वडा नं. ०३ का वडा अध्यक्ष डण्डपानि पोख्रेल, वडा नं. ०६ का वडा अध्यक्ष नारायण प्रसाद अर्याल, अर्घाखाँची हस्पिटल प्रा.लि. मा कार्यरत डा. मनोज पन्थी,  वडा नं. ६ का स्वास्थ्यचौकि प्रमुख दिपक पौडेल, रेडक्रस सोसाइटी मालारानि गाउँपालिका सभापति कुलप्रसाद पराजुली, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. खनदह शाखाका शाखा प्रमुख सरोज पोख्रेल लगाएतकाे आतिथ्यता रहेकाे थियाे ।  शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक लि. सन्धिखर्क शाखामा कार्यरत कर्मचारी जनार्दन भट्टराईको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

मालारानि गाउँपालिकाका विभिन्न वडाबाट ९७ जनाले शिबिरमा निशुल्क प्रेसर जाँच, सुगर परीक्षण लगायतका स्वास्थ्य सम्बन्धि आवश्यक परामर्श सेवा लिएका छन् । उक्त कार्यक्रमको समन्वय अर्घाखाँची हस्पिटल प्रा.लि. ले गरेको हाे ।

बैंकले गाउँमै स्वास्थ्य शिविर कार्यक्रम गरेपछि गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले बैंकलाई धन्यवाद दिदैँ समाजप्रति उत्तरदायी रहेकाे भन्दै प्रशंसा गर्दै सेवाग्राही मैत्री बन्न आग्रह गरेका हुन । अर्घाखाँचीमा सन्धिखर्क, चुत्रावेशी, ठाडा, खनदह, धारापानी बैंककाे शाखा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img