सुरेशमणि त्रिपाठी
अहिले विभिन्न सञ्चार मध्यममा काठमाडौँको दरबारमार्ग स्थित फुटपाथमा ग्रेनाइट बिछाउने सुरु गरेको समाचारले सबैको ध्यान केन्द्रित गर्नुको साथ साथै विभिन्न किसिमका मिडियाहरुमा यसले प्रमुख स्थान पाएको छ । ग्रेनाइट बिछाउने कामलाई लिएर महानगरले सम्पन्नता सँग जोडेर आफ्नो योजना अगाडी बढाएको छ । यसको साथै महानगरले आफ्नो योजनाको बचाउ गर्न युरोपका विभिन्न सहरहरुको फुटपाथको उदाहरण पेस गरेको छ जहाँ ग्रेनाइट बिछाइएको छ ।
अब प्रश्न आउछ के साचै महानगरले बिछाउन लागेको प्रकृतीकाे ग्रेनाइट महानगरले उदाहरण दिए जस्तै युरोपको फुटपाथमा बिछाउने गरिन्छ ? कदापी होइन, महानगरले बिछाउन लागेको ग्रेनाइट र युरोपका सहरहरुको फुटपाथहरुमा बिछाउने ग्रेनाइटको प्रकृति, आकार, गुणस्तर र मोटाइ नै फरक छ, जसले धेरै कुरा लाइ प्रभाब गर्छ ।
दरबारमार्ग र युरोपका सहरहरुको फुटपाथमा बिछाउने ग्रेनाइटमा के फरक छ भन्नु हुन्छ भने दरबारमार्गमा बिछाउने ग्रेनाइटको स्ल्याबलाई मेशिनमा राखी एक प्रकारको ढुंगाले तेस्मा हल्का हालका खाल्डो बनाई त्यस पछि पुनः आर्को मेसिनमा राखी पलिश गरिन्छ, जसलाई ग्रेनाइटको बजारमा लपात्राे ग्रेनाइट भनेर चिनिन्छ, भनिन्छ । जसलाई महानगरका योजना प्रमुख इन्जिनियरले आफुले करोडौ खर्चेर बिछाउन लागेको ग्रेनाइटको नाम समेत उचारण गर्न सकेनन (उहाँको अन्तरवार्तामा सुन्न सक्नु हुन्छ) भने तपाई आफै सोच्नुहोस् देशमा काम कसरि हुने गर्दछ र हाम्रा इन्जिनियरहरु आफुले प्रयोग गर्न लागेको सामग्री प्रति कति अपडेट छन् भन्ने प्रश्न पनि उठाउछ ।
युरोपको सहरहरुको फुटपाथहरुमा लगाउने ग्रेनाइटको स्ल्याब लाई ग्यासको आगोले पोली पुरी स्ल्याब लाई खस्राे चिनीको दाना जस्तो बनाइन्छ र त्यसपश्चात कुनै प्रकारको पलिश गरिदैन, जसलाई ग्रेनाइटको बजारमा फ्लेम्ड ग्रेनाइटले चिनिन्छ जुन लपात्राे भन्दा बढी ग्रिप हुन्छ । युरोपको फुटपाथमा बिछाइएको ग्रेनाइटको आकार पनि दरबारमार्ग भन्दा निकै सानो हुन्छ, ताकि चर्केको फुटेको स्थितिमा कम लागतमा मर्मत गर्न सकियोस, त्यसको टिकाउ पनि बढी होस्, पराये युरो मा २० एम एम भन्दा बढीको ग्रेनाइट प्रयोगमा ल्याउने गरिन्छ । त्यसको साथै युरोपको स्ट्रीट र फुटपाथहरुमा कोबलस्टोनहरुको पनि अत्यधिक मात्रामा प्रयोग भएको देख्न सकिन्छ ।
महानगरले गरेको अर्को यौटा के काम गरेको छ, भने उसले फुटपाथमा रहेको बिरुवाहरुको चारै तिर ग्रेनाइट लगाएको छ । जुन ग्रेनाइट लाइ, “ब्राजील ब्राउन” भन्ने नाम ले ग्रेनाइट को बजारमा चिनिन्छ । त्यो ग्रेनाइट लाइ आकर्षक देखाउनको लागि ग्रेनाइटको आफ्नो नेचुरल कलर माथि केमिकलको प्रयोग गरि तेस्को वास्तविक कलर नै परिवर्तन गरिएको छ जुन १,२ वर्षको घाम पानीले कलर फेड भै असोभनिय देखिने निश्चित प्राय छ ।
यति भानिरहदा विकासको विरोधी भन्लान तर मेरो सरोकार के हो भने युरोप र अमेरिका को उदाहरण दिई आफ्नो कमि कमजोरी कहेले सम्म लुकाउने र जनतालाई यसरी नै कहिले सम्म झुक्याई राख्ने भन्ने मात्र हो । बाकी कुरा समय ले नै बताउने नै छ । जहाँ आफ्नो देशको धरातल वस्तुस्थितिकाे बारे ज्ञान नै नभई युरोप अमेरिकाको मोडेल बलजफ्ती लाद्ने गरिन्छ ।
(पेरिस सहरकाे फुटपाथकाे एक दृश्य)














