२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार
spot_img

विरोधीलाई राजेन्द्र लिङदेनको जवाफ- हामीले देशको राजा खोजेका हौँ, तपाईंहरुसँग चुनाव हामी लड्छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रवादी दलका नेताहरूलाई चुनाव लड्न आफूहरू नै काफी रहेको जवाफ दिएका छन् । राजाविरोधीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न आउन चुनौती दिएपछि लिङदेनले जवाफ फर्काएका हुन् ।

वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले राजालाई ललकार्दैछन्, राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौं । राजाले चुनाव लड्ने होइन । चुनाव लड्न हामी जस्ता मानिसहरू छौं । हामी चुनाव लड्छौं ।’

उनले आफूहरूले खोजेको राजा चुनाव लड्नेखालको नभएको बताए । अध्यक्ष लिङदेनले भने, ‘हामीले खोजेको राजा राजनीतिक दलको होइन, देशको राजा हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img