होली विशेष: ‘ख्यालठट्टा’ को भाग ३८ सार्वजनिक, हास्यव्यङ्ग्यको रङ्गीन प्रस्तुति

काठमाडौँ – नेपाली हास्य टेलिसिरियल ‘ख्यालठट्टा’ ले होली विशेष भाग ३८ सार्वजनिक गरेको छ। हरेक महत्त्वपूर्ण चाडपर्वलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्दै आएको ‘ख्यालठट्टा’ ले यसपालि होली पर्वलाई केन्द्रमा राखेर हाँस्यप्रधान विशेष एपिसोड दर्शकमाझ ल्याएको छ। सिरियलका लेखक, निर्देशक सुरज खनालका अनुसार होली पर्व केवल रंग र उमंगको मात्रै होइन, यसले समाजमा सकारात्मक ऊर्जा फैलाउने अवसर पनि प्रदान गर्छ।

यही भावनालाई आत्मसात गर्दै ‘ख्यालठट्टा’ को यस भागमा हास्यव्यङ्ग्यका साथै समाजमा होली पर्व मनाउने तरिकाबारे मनोरञ्जनात्मक ढङ्गमा प्रस्तुति दिइएको छ। टेलिसिरियलका पात्रहरू होली खेल्ने क्रममा सिर्जना हुने रमाइला क्षणहरू, सामाजिक सन्देश तथा होली पर्वका विविध पाटा समेट्दै रमाइलो बनाइएको छ। सिरियलको विशेषता भनेकै समाजमा गहिराइसम्म जाने विषयवस्तुलाई हास्यशैलीमा प्रस्तुत गर्नु हो ।

‘ख्यालठट्टामा निर्देशक सुरज खनाल साथै सुमन खनाल (हेल्मेटे) युबराज तिमल्सिना (फापरे) सेभाखर खनाल , सुबि साहि, गुनाखर अधिकारि, चन्दा बिडारि, रेसम बुडाथोकि, दिपा साई, कल्पना खतिवडा, अनिसा खड्का,भुबन के पोख्रेल लगायतका कलाकारहरुले अभिनय गर्दै आईरहेका छन ॥ ख्यालठट्टा युट्युबमा हरेक आइतबार बेलुका ७:३० बजे प्रसारण हुँदै आएको छ। विशेष गरी चाडपर्वसँग सम्बन्धित भागहरूले दर्शकमाझ अझ लोकप्रियता कमाउँदै गएका छन्। होली पर्वको अवसरमा हास्यरसको छटासहित तयार पारिएको यो भाग दर्शकहरूले रुचाउनेमा निर्माण टोली आशावादी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img