अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सञ्चार शाखाले जनाएको छ। मृत्यु हुनेमा बसका चालक रहेका छन्। यद्यपि उनीहरूको पहिचान खुलिसकेको छैन।

सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको हो।

बुधबार साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।  गुडिरहेको बस अचानक अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img