काठमाडौंमा राजावादी–गणतन्त्रवादी छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं । आज राजधानी काठमाडौंका विभिन्न स्थानमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् ।

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले गरेका छन् । राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ । आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । त्यसैले सकेसम्म धेरै मानिस काठमाडौंमा उतार्ने उनीहरुको तयारी छ । त्यसैले उनीहरुले विभिन्न जिल्लाबाट बसमार्फत् आ–आफ्ना समर्थकहरु ओसारेका छन् । उनीहरु काठमाडौं आइसकेका छन् भने केही आउनेक्रममा छन् ।

गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमतमा समस्या देखिएको छ। सवारी सञ्चालन हुने कतिपय रुटहरु बन्द गरिएका छन्। जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना हुँदा यात्रुले सास्ती पाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img