९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
spot_img

छत्रदेव गाउँपालिका र राष्ट्रिय सहकारी बैंकबिच सम्झौता, २८ सहकारीको सबलिकरण गरिने

अर्घाखाँची, २३ चैत । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका र राष्ट्रिय सहकारी बैंक बिच छत्रदेवका २८ वटा सहकारी संस्थाको सबलिकरणका लागी सम्झौता भएको छ ।

छत्रदेवमा रहेका सहकारी संस्थाको अवलोकन गरी सहकारी बैंकको तर्फबाट अनुगमन गरी आवश्यकताअनुसारको निर्देशन दिईने भएको छ। लुम्बिनी प्रदेश अन्र्तगत सहकारी बैंकले छत्रदेवमा मात्रै गाउँपालिका र सहकारी बैंकको साझेदारीमा सहकार्य गरि कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो ।

छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थीको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे र राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले हस्ताक्षर गरि सम्झौता गर्नुभएको हो । जिल्ला सहकारी संघ अर्घाखाँचीको पलहमा भएको सम्झौता कार्यक्रममा छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष नारायण पाण्डे, जिल्ला सहकारी संघ अर्घाखाँचीका सचिव घनश्याम पौडेल, छत्रदेव सहकारी शाखा प्रमुख सन्तोष भुसाल लगाएतकाे उपस्थिती रहेको हो ।

सहकारी बैंकले छत्रदेवमा सहकारी संस्थाको सबलीकरण अन्र्तगत तालिम सञ्चालन गर्ने, अनुगमन गर्ने, निर्देशित गर्ने सहकारी बैंक बुटबल शाखा प्रमुख नारायण बेल्वासेले बताउँनुभयो । यो कार्यक्रम प्रभावकारी हुने सहकारी बैंकको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img