जनप्रदर्शनमा भएका हिंसा, आगजनी र तोडफोडप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

‘अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्रको सुन्दर विशेषता हो र यसको अभ्यास गर्दा सबैले संयम अपनाउनुपर्छ’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको हिंसा र तोडफोडप्रति दु:ख व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिने क्रममा उनले पहिलोपटक यो विषयमा सार्वजनिक टिप्पणी गरेका हुन् ।

‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको पूर्वराजाले बताएका छन् । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्ने उनको सुझाव छ ।

भिडिओ सन्देशमा उनले भनेका छन्, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जुनप्रकारको मानवीय र भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुख लाग्यो ।’

नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद नहुने भन्दै शाहले बताएका छन् ।

‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो, जनगुनासो वा गुनगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देशको भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ, त्यसलाई हामीले सकारात्मकरुपमा लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img