९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
spot_img

२२ औँ बार्षिकोत्सव सम्पन्न

काठमाडौँ, वैशाख ५ । दक्षिण एसियाली ज्योतिष महासंघले आफ्नो स्थापनाको २२ औँ बर्षको अवसरमा काठमाडौँको होटल पेन्सन वासनामा बार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले दक्षिण एसियाली ज्योतिष महासंघको आगामी दिनमा थप उत्तरोत्तर प्रगतिको कामना गर्दै महासंघका पदाधिकारीहरुले संस्थालाई यो स्थितिसम्म ल्याउन पुर्याएको महत्वपूर्ण योगदानको खुलेर प्रशंसा गर्नुभयो । उहाँले ज्योतिषीय संघसंस्थाहरुले विभिन्न सभा सम्मेलन गोष्ठी तथा कार्यशाला मार्फत् ज्योतिष, वास्तु, तन्त्र, कर्मकाण्ड, धर्मशास्त्रका समाजमा स्पष्ट भएका विषयहरुलाई गहन छलफल गराई यथोचित निर्णय समेत गराई समाजलाई सही सूचना पुर्याउनको लागि आगामी दिनमा योगदान पुर्याउनुपर्ने बताउँदै महासंघका पदाधिकारहिरुलाई आगामी दिनमा थप उत्साह, उमंग र नयाँ ज्ञान, नयाँ अध्ययन, नयाँ अनुसन्धान मार्फत् अगाडी बढ्न सुझाव दिनुभयो । विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेलले ज्योतिषीय क्षेत्रमा काम गर्दा ज्योतिष शास्त्रको मर्म बुझेर गहन अध्ययन गरेर समयोचित विषयहरुलाई समेत आधार बनाई कार्य गर्दा सफलता प्राप्त हुने बताउँदै ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषीहरुको हकहितका लागि लाग्नका लागि सबै ज्योतिषीहरु एक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री डा.कान्ता भट्टराई, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य सहप्राध्यापक तनुजा दाहाल, आचार्य लक्ष्मण पन्थी, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति ज्यो.पं.खिलनाथ काफ्ले, नेपाल ज्योतिष परिषद्का उपाध्यक्ष लिलाराज शर्मा, दक्षिण एसियाली ज्योतिष महासंघका उपाध्यक्ष डा. देवीप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राख्दै महासंघको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।

कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासंघका उपाध्यक्ष डा. देवीप्रसाद खनाल, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति ज्यो.पं.खिलनाथ काफ्ले, कार्यालय सहयोगी मसाङ लामालाई सम्मान समेत गरिएको सहकोषाध्यक्ष ऋषिराज घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रम दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्टको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अधिवक्ता नारायणप्रसाद तिमल्सिनाको स्वागत मन्तव्य एवम् महासचिव भरतमणि ज्ञवालीको सहजीकरणमा सम्पन्न भएको कोषाध्यक्ष आचार्य लक्ष्मण गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img