९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
spot_img

श्रमिक दिवसको अवसरमा प्रेस चौतारी अर्घाखाँचीले रेडियो प्राविधिकलाई गर्‍यो सम्मान

नविन विक/अर्घाखाँची । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा अर्घाखाँचीले रेडियोमा काम गर्ने प्राविधिकहरुलाई सम्मान गरेको छ ।

१३६ औं श्रमिक दिवसको अवसरमा रेडियोको प्राविधिक कक्षमा बसेर एउटा कोठाको आवाजलाई आम नागरिक सम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्राविधिकहरुलाई सम्मान गरिएको प्रेस चौतारी अर्घाखाँचीका अध्यक्ष नविन केसीले जानकारी दिए ।

सामुदायिक रेडियो देउरालीका प्राविधिक प्रविण भट्टराई, रेडियो पाणिनीका प्राविधिक लक्ष्मी पोख्रेल, रेडियो अर्घाखाँचीका प्राविधिक सपना खनाल भट्टराईलाई सम्मान गरिएको हो ।

प्रेस चौतारी नेपाल अर्घाखाँचीले एक कार्यक्रमको आयोजना गरि उक्त सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले श्रमजीवी पत्रकारको अग्रणी संगठन प्रेस चौतारीले श्रमजीवी पत्रकारलाई सम्मान गरेकोमा धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

उनले श्रमजीवी पत्रकारहरूका लागि न्यूनतम पारिश्रमिक तोकिए पनि त्यो अझैसम्म कार्यनयन हुन नसक्नु दुःखद रहेको बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगका सदस्य श्याम प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेम नारायण आचार्य, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष हृदय भुसाल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई, पत्रकार महासंघ अर्घाखाँचीका सचिव लक्ष्मण घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रेस चौतारी नेपाल अर्घाखाँचीका अध्यक्षता नविन केसीको अध्यक्षता, उपाध्यक्ष करिश्मा खनालको स्वागत मन्तव्य र सचिव नविन विकको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img