२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार
spot_img

प्रस्तावित संघीय निजामती सेवा ऐनमा सामुहिक कर्मचारीले माग राखी बुझाए हस्ताक्षर

काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा ऐनमा राख्नुपर्ने विभिन्न माग राखेर सामूहिक हस्ताक्षर संकलन गरेका छन् । राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको संयोजनमा तिनै तहमा कार्यरत रहेका सबै पदका साझा माग समावेश गरी संकलन गरिएको हस्ताक्षर राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाइएको छ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले वृत्ति विकास, सेवाको सुरक्षा र पेशागत हितका माग राखी हस्ताक्षर अभियान चलाइएको र हालसम्म ७२०० भन्दा बढी कर्मचारी गरिसकेको तथा हस्ताक्षर अभियान जारी रहेकाले यो संख्या बढ्ने बताए ।

कर्मचारीहरुले खासगरी पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक तह र १० बर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवाको व्यवस्था गर्नुपर्ने, सबै तहमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था कायम गरी अन्य पदमा रहेको साविक निसे ऐन, २०४९ बमोजिमको पदपूर्तिको व्यवस्था कायम गर्दै राप तृतीय श्रेणीको पदपूर्तिमा खुला प्रतियोगिताबाट ५० प्रतिशत, बढुवाबाट ४० प्रतिशत र आन्तरिकरअन्तरतह प्रतियोगिताबाट १० प्रतिशत कायम गर्नुपर्ने, उपसचिव र सहसचिवको प्रतिस्पर्धाका लागि साविकको व्यवस्थाबमोजिम क्रमश ५ वर्ष, ७ वर्ष सेवा अवधि कायम गर्नुपर्ने र खुलातर्फको विज्ञापनमा तोकिएको शैक्षिक योग्यता र सेवा अवधि भएका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने, तीनै तह (संघ, प्रदेश र स्थानीय तह) मा स्वचालित र पूर्वानुमानयोग्य सरुवा प्रणाली (प्रदेश र स्थानीय तहका कर्मचारीको प्रदेशभित्र स्वचालित सरुवा प्रणाली र अन्तरप्रदेश सरुवाको व्यवस्था) लागु गर्नुपर्ने, पुनरावलोकन तथा समायोजित कर्मचारीको प्रदेश र स्थानीय कानुनले प्रदान गरेका पेन्सनसमेतका सेवा सुविधालाई मान्यता दिनुपर्ने, श्रेणीविहीन पदमा तह संख्या थप गरी तहवृद्धि गर्नुपर्ने, करारका कर्मचारीलाई समूचित व्यवस्थापन एवम् आवश्यक सेवा सुविधाको व्यवस्था गर्नुपर्ने लगायतका माग रहेका छन्।

कर्मचारीका साझा माग पूरा नभएमा सशक्त विरोध तथा आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानका संयोजक ध्रुवराज ज्ञवालीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img