११ महिनापछि शेखर–गगन किन भेट भए ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि भेटवार्ता भएको उच्च स्रोतले जनाएको छ । उनीहरुको भेट शुक्रबार बिहान कोइराला सम्पर्क कार्यालयमा भएको कोइरालाको सचिवालयले जनाएको छ ।

पछिल्लो समय दुई नेताबीच संवाद कम भएको आशंका भइरहेको समयमा कोइराला–थापाबीच भेटलाई अर्थपुर्ण रुपमा हेरीएको छ । संसदिय दलको नेतामा गगन थापा संस्थापन इतर समुहबाट उम्मेदवार बन्दा शेखरको साथ थियो । शेखरपक्षीय नेता मिनेन्द्र रिजालका अनुसार गगन थापा र शेखर कोइराला मिलेर अगाडी बढ्नुहुन्छ, भेटघाट सामान्य हो । गगन पक्षीय एक नेताका अनुसार उहाँहरु मिलेर एक जना सभापति र एक जना प्रधानमन्त्री बन्ने गरी अगाडी बढ्ने सम्भावना भएको स्रोतले जनाएको छ ।

संस्थापनइतर नेताहरूका अनुसार यसअघि विशालनगरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफ्नो समूहबाट मन्त्री पठाउने विषयमा दुई नेताबीच छलफल भएको थियो । शेखर कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार आजको बैठकमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि सहभागी भएका ििथए, ‘गगन दाइ आउनुभएको थियो । पार्टीका नेताहरू भेट्ने कुरा के अनौठो भयो र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img