दाङ्ग, २६ जेठ । नेपाल वन प्राविधिक संघ लुम्बिनीले लुम्बिनी सन्देश २०८२ नामक प्रचार सामाग्रि बिमाेचन तथा सल्लाहकार सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ । लुम्बिनि वन प्राबिधिक संघका अध्यक्ष केशब खड्काले आफ्नाे कार्यकालमा संस्था कृयाशिल र साझा बनाउने उद्घाेष गरेका छन्।
संस्थाकाे दरिलाे उपस्थिति प्रदेशमा कायम गर्ने उनकाे भनाई छ। संस्थाले बिबिध कार्यक्रमकाे याेजना बनाएकाे भन्दै लुम्बिनि वन प्राविधिककाे पेशागत दक्षता र मर्यादाका लागि अहाेरात्र खटिने बताएका छन्।
कार्यक्रममा केन्द्रीय महासचिव दामाेदर शर्मा, लुम्बिनी वन प्राविधिक संघका सल्लाहकार ईश्वरी पाैडेल लगाएतले पेशागत हक र हितका लागि एकजुट भएर काम गर्नुपर्नेमा जाेड दिए ।
लुम्बिनी प्रदेशमा भएको कार्यक्रममा नेपाल बन प्राबिधिक संघ लुम्बिनिका सल्लाहकार बिजयराज सुबेदिले संघले पेशागत एकता र हकहितमा एक भएर लाग्न सुझाए। सुबेदिका अनुसार नेपाल वन प्राबिधिक संघ साझा संस्थाकारूपमा रहनुपर्ने बताए।
संस्थाका सल्लाहकार ईश्वरि पाैडेलले वन व्यवस्थापनमा सबै एकढिक्का हुनुपर्ने बताए। कार्यक्रममा केन्दि्रय महासचिब सुनिता उलकले लुम्बिनि वन प्राबिधिक संघ र कृयाशिल रहेकाले धन्याबाद दिदै वन क्षेत्रका मुद्वामा एक हुने बताईन।
यस अघि पनि संघले क्यान्सर पिडित वन प्राबिधिकका लागि सहयाेग क्याम्पियन,लुम्बिनि प्रदेशकाे नीति कार्यक्रममा सुझाब पेश तथा वन मन्त्रि संग विशेष अन्तरकृया लगायतका कार्यहरू गरेकाे थियाे।















