अर्घाखाँची जेसिजद्वारा ‘JCI with in Us’ एक दिवसीय तालिम कार्यक्रम सम्पन्न

अर्घाखाँची – प्रस्तावित अर्घाखाँची जेसिजको आयोजनामा ‘JCI with in US’ शीर्षकमा एक दिवसीय तालिम कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा ओमहरि आचार्यको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल उपस्थित हुनुहुन्थ्यो।

अतिथिका रूपमा नेपाल जेसिजका अध्यक्षका प्रमुख सल्लाहकार तथा JCI सिनेटर बिजय गुरुङ, अतिथिका रूपमा पूर्व राष्ट्रिय उपाध्यक्ष तथा जेसिआई सिनेटर राजु पौडेल, र पूर्व राष्ट्रिय उपाध्यक्ष तथा अर्घाखाँची जेसिजका सल्लाहकार चन्द्रमणि भुसालको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सचिव जेसि सुरज रायमाझीले गर्नुभएको थियो भने कार्यकारी उपाध्यक्ष जेसि कृष्ण भुसालले स्वागत मन्तव्य दिनुभएको थियो।

कार्यक्रममा जेसिज आस्था बाचन जेसि बिष्णुप्रसाद भुसालले र मिसन–भिजन बाचन प्रवेस भुसालले गर्नुभएको थियो।

तालिममा “जेसिज भनेको के हो?”, नेतृत्व विकास, व्यक्तित्व विकास र उद्यमशीलतामा कसरी जोडिन सकिन्छ?” भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। तालिमको सहजीकरण जेसिआई सिनेटर तथा पूर्व राष्ट्रिय उपाध्यक्ष राजु पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा ४१ जना जेसिज युवाहरूले सहभागी भएर नेतृत्वदक्षता, सामाजिक उत्तरदायित्व र व्यवसायिक सोचको विकासका विषयमा ज्ञान प्राप्त गरेका थिए।

प्रस्तावित अर्घाखाँची जेसिजले यस्तो कार्यक्रमको माध्यमबाट जिल्लामा युवालाई सशक्त बनाउँदै नेतृत्व विकासको अभियानलाई अघि बढाएको कार्यक्रम सयोजक सम्झना ज्ञवालीले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img