२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार
spot_img

पाणिनी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ।

सोमबार एक विशेष कार्यक्रमका बीच पाणिनी गाउँपालिका सम्पूर्ण रूपमा खोप सुनिश्चितता हासिल गरेको घोषणा गरिएको हो। गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा स्थानीय स्वास्थ्य संस्थाहरूको सक्रियतामा बालबालिकाका लागि आवश्यक पर्ने सम्पूर्ण नियमित खोप सेवा सुनिश्चित गरिएपछि यो घोषणा गरेको प्रमाणपत्र जिल्ला समन्वय समितीका प्रमुख जिवनारायण कोइरालाले पाणिनी गाउँपालिकाकालाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा जिल्ला खोप समन्वय समिति अर्घाखाँचीले गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो । खोप कार्यक्रमको प्रभावकारिताबारे जानकारी दिँदै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले १५ महिना मुनिका सबै बालबालिकालाई नियमित खोप उपलब्ध गराइएको, साथै विद्यालयस्तरका किशोरीहरूलाई एचपीभी खोप तथा अन्य लक्षित समूहलाई समेत आवश्यक खोप सेवा पुर्‍याइएको जानकारी दिए । साथै उनले दिगोपनाको लागि

कार्यक्रममा जिल्ला खोप समन्वय समिति अर्घाखाँचीका प्रतिनिधि, जनप्रतिनिधि, वडा अध्यक्षहरू, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार पूर्ण खोप सुनिश्चितताका लागि आवश्यक सबै खोप सेवा पुर्‍याएको पुष्टि भएपछि पाणिनी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित गरिएको हो।

यस घोषणासँगै गाउँपालिकामा बाल मृत्युदर घटाउने, संक्रामक रोग नियन्त्रण गर्ने र समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ। कार्यक्रम पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता, रामप्रसाद घिमिरेको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img