अर्घाखाँची । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि. सन्धिखर्क शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज चुत्राबेसिमा रहेको जनज्योति माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सोही बिद्यालयमा कक्षा १० मा अध्ययनरत करिब ९० जना बिद्यार्थीहरुलाइ बैंकिङ सेवा तथा सुबिधा, बैंकिङ क्षेत्रमा डिजिटल प्रबिधिको प्रयोग, अवसर तथा चुनौती, डिजिटल बैंकिङ सुबिधाहरु प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका उपायहरु लगायत विभिन्न बिषयमा विद्यार्थीहरुलाइ जानाकारी प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको सहजिकरण शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि. सन्धिखर्क शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठले गर्नुभएको थियो भने समन्वय तथा सञ्चालन सोही शाखाका कर्मचारी जनार्दन भट्टराईले गर्नुभएको थियो ।
बित्तिय साक्षरता कार्यक्रमले बदलिँदो परिबेशसँगै बैंक तथा बित्तिय क्षेत्रमा देखा परेका चुनौतिहरुका बिरुद्ध सचेतना एवं मार्गदर्शन प्रदान गर्नेछ भन्ने अपेक्षा बैंकले गरेको छ।














