नेपाल वन प्राविधिक संघ लुम्बिनीले गर्यो महत्वपूर्ण तीन निर्णय

बुटवल, ८ असार । नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको पदाधिकारी तथा सल्लाहकारबीचको महत्वपूर्ण बैठक हालै सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट सम्पन्न उक्त बैठकमा तीन प्रमुख एजेण्डामा छलफल गरी महत्वपूर्ण निर्णयहरू लिइएका छन्।
सल्लाहकार मण्डलका  सदश्य केशब आचार्य,जितेन्द्र गौतम र जितेन्द्रसिंह खड्का सहितको बैठकमा संघले लुम्बिनि प्रदेशले जारी गरेको प्रदेश निजामती नियमावलीको शंशोधनमा भएका पदनामका बारेमा गम्भिर समिक्षा गरिएको बताइएको छ।

निजामती सेवा नियमावलीमा राखिएका पदनाम र व्यवस्था  आपत्तीजनक र कार्यप्रकृति असुहाउदो भएको भन्दै  मन्त्रालयसँग समन्वय गर्दै विशेष प्रस्ताव अघि बढाउने निर्णय गरेको छ।त्यस्तै सरकारी सेवा अन्तर्गत सातौं र नवौं तहको पदपूर्तिमा देखिएको अवरोध हटाउन संघले गम्भीर ध्यानाकर्षण गराएको छ। संघले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img