शितगंगाले ल्यायो ९३ करोड ६७ लाख ५० हजारको बजेट

शितगंगा । अर्घाखाँचीको शितगगा नगरपालिकाले आगामी आर्थिक बर्षको लागि शितगंगाले ल्यायो ९३ करोड ६७ लाख ५० हजार बराबरको बजेट ल्याएको छ । सोमबार उपप्रमुख गिता भाटले १७औं नगरसभाको दोस्रो बैठकमा आर्थिक बर्ष २०८२/८३ को लागि बजेट ल्याएकी हुन् ।

उपप्रमुख भाटले प्रस्तुत गरेको उक्त बजेट नगरसभाबाट सर्वसम्मत पारित भएको नगर प्रवक्ता दामोदर न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार उक्त नगरसभामा नगर प्रमुख छबिलाल पौडेलले स्वीकृतिका लागि पेश गरेका आर्थिक विधेयक २०८२, विनियोजन ऐन २०८१ पहिलो संसोधन, विनियोजन विधेयक २०८२, अपाङ्गता अधिकार विधेयक २०८२, लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२ सर्वसम्मत पारित भएको छ ।

नगरप्रमुख छविलाल पौडेलले  आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट कार्यान्वयमुखी आएको बताए । उनले यस कार्यक्रम र बजेटले नगरवासीको आाश जगाउने विश्वास व्यक्त गरेका छन् ।

नगरपालिकाका सुचना अधिकारी नुमलाल खनालले नगरवासीको आवश्यकतालाई बुझेर जनमुखी कार्यक्रम र बजेट आएको बताए ।
निति तथा कार्यक्रम र बजेटको मुख्य प्राथमिकता सडक निर्माण र स्तरोन्नति रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img