बुद्धभुमी नगरपालिकाद्धारा मनकामना गुरुकुललाई ९० थान कम्मल र ८० जोर चप्पल प्रदान

बाणगंगा । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले मनकामना गुरुकुललाई ९० थान कम्मल र ८० जोर चप्पल प्रदान गरेको छ । बाणगंगा २ नन्दनगरमा रहेको गुरुकुललाई बिहिबार बुद्धभुमी नगरपालिकाले एक कार्यक्रमकाबिच सो सहयोग प्रदान गरेको हो ।

सो अवसरमा नगरप्रमुख केशव कुमार श्रेष्ठले गुरुकुलको विकासका लागी निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । उनले समाजका हरेक निकायले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए । त्यसले समाजलाई सही दिशातर्फ अग्रसर गराउने उनको भनाई छ । उनले गुरुकुललाई लुम्बिनी प्रदेशकै एक प्रतिष्ठित गुरुकुलका रुपमा स्थापित गर्न नगरले लिनुपर्ने पहलकदमी लिन नगरपालिका तयार गरेको बताए ।

सो अवसरमा बुद्धभुमी वडा नं। १ का वडाध्यक्ष तेज बहादुर बस्नेत तिलक, वडा नं। २ का सुरज प्रताप राणा, वडा नं।९ का प्रमोद आर्चाय, गैडे सामुदायिक वनका सचिव सिता बेल्बासे लगायतले आवश्यकताका आधारमा नगरपालिकाले यस गुरुकुललाई सहयोग गर्दै आएको स्मरण गर्दै गुरुकुलले नेपाली भाषा, साँस्कृति, परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजका अध्यक्ष रवि ज्ञवालीले सहयोगका लागी धन्यवाद ज्ञापन गरेका छन । सो अवसरमा प्रर्वधन समाजका कमल पौडेल, जगतराज रेग्मी , मनकामना गुरुकुल सस्कृत बिद्यापिठका दयाराम पौडेल लगायतको सहभातिा थियो ।

spot_img

यसैबिच बुद्धभुमी नगरपालिकाका प्रमुख श्रेष्ठले मनकामना गुरुकुल सस्कृत बिद्यापिठका संरक्षक १००८ स्वामी लोकानन्द महाराजसगं गुरुकुलको बिकासका बारेमा छलफल समेत गरेका थिए ।

प्रवक्ता तिलक बस्नेतले पालिकाले गुरुकुलको बिकासका लागी यस बर्ष भौतिक बिकासमा रु ५ लाख पालिकाबाट बजेट बिनियोजन गरेको हिउदे अधिवेशनबाट बटुकहरुको ब्यवस्थापन तथा खाजा नास्ताका लागी २ लाख बजेट बिनियोजन गर्ने जानकारी दिए ।

साथै सो अवसरमा शितंगगा वडा नम्बर ११ की सचिव सिता बेल्बासेले गैडे सामुदायिक बनको तर्फबाट गुरुकुलको बिकासका लागी रु ११ हजार १ सय ११ सहयोग रकम समेत प्रदान गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img