१३ असार २०८३, शनिबार
१३ असार २०८३, शनिबार
spot_img

कपिलवस्तु नगरपालिकाबासीलाई अब निःशुल्क रगत !

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाबासीले अब देखि रुपन्देहीबाट समेत निःशुल्करुपमा रगत पाउने भएका छन । यस अघि तौलिहवा स्थित रेडक्रस कपिलवस्तु शाखाको रक्त संचार बाट कपिलवस्तु अस्पतालमा आएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउदै आएको छ ।

अब देखि रुपन्देहीको सरकारी अस्पताल बाहेकका अन्य अस्पतालमा उपचारत कपिलवस्तु नगरपालिबासी बिरामीले समेत निःशुल्क रगत पाउने भएका हुन । रक्तसंचार केन्द्र बुटवल र भैरहवाले रगत उपलब्ध गराउने छ । कपिलवस्तु नगरपालिका र नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखा बिच बिहीवार सो बिषयमा संझौता भएको छ । संझौता पत्रमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र रेडक्रस रुपन्देही शााखाका सभापति दिपक क्षेत्री न्यौपाने बिच लिखित संझौता भएको हो ।

कपिलवस्तु नगरपालिकाको अनुरोध !

११ बुदे संझौता भने आउने असार देखि लागु हुनेछ । प्रति प्वाईन्टको लाग्ने ९ सय ५० रुपैया शुल्क भने नगरपालिकाले रेडक्रस रुपन्देहीलाई बुझाउने छ । बिरामीहरुलाई आवश्यक रगत भने रुपन्देहीका रक्तसंचार केन्द्रले उपलब्ध गराउने छ । नगरपालिकामा बसोबास गरेको नागरिकता मतदान परिचय पत्र लगायतका परिचय पत्र खुल्ने निस्सा रक्तसंचार केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ ।

नभए बिरामीकालागि तोकिए बमोजिमको शुल्क तिरेर रगत लैजान सक्ने र पछि निस्सा बुझाए भने सो रकम फिर्ता समेत पाउने गरी संझौता भएको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडलले रगत कै कारण बिरामीहरुको उपचारमा समस्या नआवोस भनेर यो संर्झौता गरिएको बताए । उनले नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यान दिई यो कदम चालिएको बताए । अब नगरपालिका बिभिन्न वडाहरुमा समेत रक्तदानको कार्यक्रम संचालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img