पाणिनि गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

अर्घाखाँची । पाणिनि गाउँपालिका, अर्घाखाँचीको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ।

गाउँसभाका अध्यक्ष एवं पालिकाका प्रमुख टेकराज न्यौपानेले उक्त नीति तथा कार्यक्रम गाउँसभा समक्ष प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, विपद् व्यवस्थापन, सुशासन, रोजगारी, उद्यमशीलता र वातावरण संरक्षणजस्ता विषयहरूलाई प्राथमिकतामा राखिएको छ।

सभामा अध्यक्ष न्यौपानेले “पाणिनि र दुर्व्याख्या ऋषिको पहिचान, समृद्ध पाणिनि हाम्रो अभियान” भन्ने मूल नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाको समग्र विकासका लागि दीर्घकालीन सोच, स्पष्ट उद्देश्य र यथार्थपरक प्राथमिकताका आधारमा नीति निर्माण गरिएको उल्लेख गरे। उनले नीति तथा कार्यक्रम स्थानीय आवश्यकता, प्रदेश र संघीय सरकारको नीति अनुरूप तयार पारिएको जानकारी दिए।

पाणिनी गाउँपालिकाको अनुरोध !

सभामा सहभागी सबै सदस्यहरूले पालिकाको समग्र विकास र नागरिकको हितमा रहेको भन्दै राय, सुझाव सहित परिमार्जित नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेका हुन्।

नीति तथा कार्यक्रममा प्रस्तुत प्रमुख विषयहरू निम्नानुसार छन्ः

कृषिः व्यावसायिक र प्रविधिमैत्री कृषि प्रणालीको प्रवर्द्धन, एक वडा एक कृषिरपशु सेवा कार्यक्रम, बाझो जमिन उपयोग, दुध उत्पादनको प्रवर्द्धन र पशु रोग नियन्त्रणका कार्यक्रम सञ्चालन हुनेछन्।

पर्यटनः पाणिनि तपोभूमि, काणिकाठी ताल, दुबाँशेश्वर गुफा, सिद्धेश्वर गुफा लगायत पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गर्दै ‘एक वडा एक पर्यटकीय गन्तव्य’ कार्यक्रम सञ्चालन गरिनेछ।

शिक्षाः ‘जता विद्यार्थी, उता विद्यालय’ र ‘थोरै विद्यालय, राम्रा विद्यालय’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै शिक्षक अभाव भएको विद्यालयमा दरबन्दी व्यवस्थापन, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, डिजिटल शिक्षाको प्रवर्द्धन लगायत कार्यक्रम समावेश गरिएका छन्।

स्वास्थ्यः वडास्तरीय स्वास्थ्य सेवा विस्तार, मातृशिशु स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य तथा अपांगता भएका व्यक्तिहरूको उपचारमा प्राथमिकता दिइएको छ। आधारभूत अस्पतालको निर्माण तथा सेवा विस्तारका कार्यक्रम पनि समावेश छन्।

विपद् व्यवस्थापन र पूर्वाधारः बाढी, पहिरो, आगलागी जस्ता विपद्को पूर्वतयारी, न्यूनीकरण तथा उद्धारका लागि Rapid Response Team को गठन, सरोकारवाला निकायसँग समन्वयमा कार्य अघि बढाइनेछ। सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य संस्था, विद्यालय, सञ्चार लगायत पूर्वाधार विस्तार तथा स्तरोन्नति गरिनेछ।

सामाजिक सुरक्षाः सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी र पारदर्शी बनाउन बायोमेट्रिक प्रणालीमार्फत वितरण गरिनेछ। अपांगता भएका व्यक्तिलाई सहायक उपकरण वितरण तथा राहत कार्यक्रम सञ्चालन गरिनेछ।

अध्यक्ष न्यौपानेले गाउँपालिकाको विकास, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउन नीति तथा कार्यक्रमले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनले नीतिको कार्यान्वयनका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img