बुटवल, १८ असार । पहिलो पाईला नेपाल बुटवल शाखाको आयोजनामा ‘‘आजको विरुवा भोलीको भरोसा’ भन्ने नाराका साथ बुटवल उप–महानरपालिका वडा नम्बर १३मा रहेको पाणीनी उद्यान पार्कमा वृक्षरोपण गरिएको छ ।
पहिलो पाईला नेपाल बुटवल शाखाका कार्यवाहक अध्यक्ष गौरव खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष बिनोद महत , विशिष्ट अतिथि श्रीषि आचार्य, अतिथि केन्द्रिय प्रबक्ता बिनोद बस्याल, केन्द्रीय सदस्य राजन अधिकारी सहभागी रहेका थिए ।
कार्यक्रममा पाणीनी उद्यान पार्कका सचिव यम प्रसाद गैरे, पर्यावरण संरक्षण नेपालका अध्यक्ष गंगा पोख्रेल, पहिलो पाईल नेपाल बुटवल शाखा सल्लाहकार गंगाधर न्यापाने लगायतको वृक्षरोपण कार्यक्रममा सहभागीता रहेको थियो ।














