परिश्रमी पार्वती

डेटबहादुर र खिलमाया थापाका जेठी छोरी हुन् पार्वती । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.३, चपौली नजिकै उनीहरुको सुखी परिवार छ । पार्वती,सिन्धुली कलाघरकी सदस्य हुन् । उनकी बहिनी सञ्चिता र भाइ जीवन पनि कलाघरकै कलाकार हुन् । उनीहरुका बाबाआमा कलापारखीमात्र होईनन् कलाकार नै हुन् । बाबाआमाको प्रेरणाले नै सबै सन्तान कलाक्षेत्रमै समर्पित छन् ।
स्थानीय जलकन्या माविबाट २०७२ सालमा प्रवेशिका परीक्षा दोस्रो श्रेणीमा उत्तीर्ण पार्वतीले सोही विद्यालयबाट शिक्षा संकायमा नेपाली मूल विषय लिई २०७४ मा कक्षा १२ पास गरेकी थिईन् ।
सानैदेखि कलाकार बन्ने ईच्छा राखेकी पार्वतीले घरमै नृत्य सिक्थिन् । सांस्कृतिक माहोल भएको परिवार भएकै कारण उनलाई नृत्य सिक्न कुनै कठिनाई भएन ।
कलाघरमा प्रवेश गरेपछि बाजा बजाउने काममा हात हालिन् । खास गरेर उनले नौमति बाजा समूहमा रहेर दमाहा बजाउने र कर्नाल फुक्ने गर्छिन् । आईपर्दा सहनाई बाहेक सबै बाजाहरु बजाउन पछि पर्दिनन् । उनको यो क्षमताको जति नै तारिफ गरेपनि कमै हुनेछ ।


आफूलाई दारे भन्न रुचाउने पार्वतीले टिकटक बनाउन अत्यन्तै रुचाउँछिन् । समय र आफू सुहाउँदो गीत मिल्दा दिनमै ३/४ वटा टिकटक बनाएर आफ्ना दर्शक/स्रोताहरुलाई मनोरञ्जन दिन्छिन् । कलात्मक टिकटक बनाउन खप्पीस पार्वतीले कहिले भावुक गीतमा टिकटक बनाउँछिन् भने कहिले ठट्यौली गीतहरुमा अभिनय गर्छिन् । यो कलाले उनलाई सबैकाबीच नौलो परिचय दिईरहेको भेटिन्छ ।
पार्वतीले गीत गाउँछिन् । नृत्य गर्छिन् । सडक नाटकहरुमा बेजोड अभिनय गर्छिन् । उनको अभिनय कलाले धेरैका मन छोएका छन् । प्रभावित भएका छन् ।
फुर्सदका बेला राष्ट्रिय कलाघर निर्माणको अभियानमा जोडिन्छन् । इट्टा बोक्छिन् । सिमेन्ट मुस्छिन् । फलामका काम गर्छिन् । काम गर्दा पार्वती झनै सुन्दर देखिन्छिन् ।
सिन्धुली कलाघरका कलाकारहरु सडक नाटक प्रदर्शन गर्न,बाजा बजाउन र नृत्य एवम् गायनमा सहभागी हुनका लागि देशका धेरै ठाउँमा पुगेका छन् । कलाकार बनेर देशका कुनाकाप्चा पुग्दा पार्वती खुसीले उम्लिन्छिन् । सानैदेखिको कलाकार बन्ने ईच्छा यतिबेला कलाघरमार्फत् पूरा गर्दैछिन् ।
मिठोबोली र संस्कारी पार्वतीलाई कलाघरका सबै कलाकारहरुले खुबै माया गर्छन् । सहयोग गर्छन् । सम्मान समेत गर्छन् ।
हाँसेर बोल्ने,दुःखमा पनि अनुहार नखुम्च्याउने र मिलनसार पार्वतीले जीवनमा कलाकार नै बनेर अघि बढ्ने संकल्प गरेकी छिन् ।


नृत्य,गायन र बाजा बजाउनमात्र होईन,मिठो खाना पकाउने खुवी छ उनमा । कलाघरको उन्नति र प्रगतिमा दिनरात खट्टिने पात्रहरुमध्ये पार्वती पनि एक हुन् । कलाआश्रम,कला विद्यालय र राष्ट्रिय संग्रहालय बनाउन कम्मर कसेर लागेकी छिन् पार्वती । निस्वार्थ र स्वयमसेवी भावनाले ओतप्रोत पार्वतीले कलाघरलाई संसारभर फैलाउन सामाजिक सञ्जाललाई सक्दो प्रयोग गर्दै आएकी छिन् ।
सिन्धुली कलाघरलाई सजाउने उत्कृष्ट पात्रका रुपमा स्थापित पार्वतीले आफ्नो कलालाई देश,विदेशमा फैलाउँदै आएकी छिन् । पार्वतीले विभिन्न संघसंस्थाहरुबाट मान,सम्मान र प्रशंसा बटुलेकी छिन् । कलाघरका लागि पसिना सिंचेकी छिन् । श्रम गर्दै पसिना चुहाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img