एसईईमा उत्कृष्ट नतिजा ल्याउने भानु माध्यमिक विद्यालयका विद्यार्थी सम्मानित

अर्घाखाँची, २० असार । भानु माध्यमिक विद्यालय, पाणिनि–५, मैदानमा एक भव्य कार्यक्रमका बीच माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल भट्टराईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला समन्वय समितिका संयोजक जिवनारायण कोइरालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशेष अतिथि पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, भूमि आयोग अर्घाखाँचीका अध्यक्ष यादवप्रसाद घिमिरे, वडा अध्यक्ष ईन्द्रमणि घिमिरे, पूर्व वडा अध्यक्ष जिवलाल घिमिरे लगायत विभिन्न तहका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूसँगै उनीहरूका अभिभावक, शिक्षकहरू, विद्यालय परिवार, कर्मचारी तथा जनप्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गर्दै प्रोत्साहन गरिएको थियो। सम्मानित विद्यार्थीहरू मध्ये प्रथम विद्यार्थीले ३.६४ जिपीए प्राप्त गरेका थिए भने अन्य सबै विद्यार्थीहरू उत्तीर्ण हुने गरि विद्यालयले १०० प्रतिशत नतिजा निकाल्न सफल भएको विद्यालयका प्रअ जिवलाल पाेख्रेलले बताए ।

उक्त सफलतामा विद्यालय परिवारको निरन्तर प्रयास, शिक्षकहरूको समर्पण, विद्यार्थीहरूको कठोर मिहिनेत र अभिभावकहरूको सक्रिय साथको महत्वपूर्ण भूमिका रहेको विद्यालय प्रशासनले जनाएको छ।

प्रमुख अतिथि जिवनारायण कोइरालाले सम्मान समारोहलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई मेहनत र निरन्तर अध्ययनको फलस्वरूप यस्तो उपलब्धि सम्भव भएको भन्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। उनले भने, “भानु माध्यमिक विद्यालयले पाणिनि गाउँपालिकाको मात्र नभई समग्र अर्घाखाँचीको शैक्षिक क्षेत्रमा उदाहरणीय सफलता हासिल गरेको छ।”

पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, प्राविधिक सहयोग तथा पूर्वाधार विकासमा गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।

भूमि आयोगका अध्यक्ष यादवप्रसाद घिमिरेले शिक्षा नै विकासको मूल आधार भएकाले यस्ता उपलब्धिहरूलाई अझ सशक्त बनाउँदै लैजानु पर्ने बताए।

वडा अध्यक्ष ईन्द्रमणि घिमिरेले आफ्नो वडाको शैक्षिक क्षेत्रले प्राप्त गरेको उपलब्धिमा गर्व लागेको भन्दै आगामी दिनमा अझ राम्रो नतिजाका लागि वडा कार्यालय सदैव साथमा रहने प्रतिवद्धता जनाए।

कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल भट्टराईले सम्पूर्ण सहभागी, अतिथि, अभिभावक तथा विद्यालय टिमलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि भानु माविले उत्तिकै उत्कृष्टता कायम राख्ने आशा व्यक्त गरे।

उक्त सम्मान कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक लगाएतकाे उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले शैक्षिक क्षेत्रको उज्ज्वल भविष्य निर्माणतर्फ अघि बढिरहेको सन्देश उक्त कार्यक्रम मार्फत दिएको छ। कार्यक्रम विद्यालयका प्रअ जिवलाल पाेख्रेलकाे सञ्चालन र शिक्षक छविलाल भट्टराईकाे स्वागतमा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img