पाणिनी-३ खिदिम वडा कार्यालय मार्फत विशिष्ट व्यक्ति सम्मान कार्यक्रम सम्पन्न

अर्घाखाँची, २० असार । अर्घाखाँचीकाे पाणिनी गाउँपालिका वडा नं. ३ खिदिम, अर्घाखाँचीमा एक भव्य र सम्मानजनक “विशिष्ट व्यक्ति सम्मान कार्यक्रम” सम्पन्न भएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आयोजित उक्त सम्मान कार्यक्रम वडाध्यक्ष युवराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको विशेष उपस्थिति रहेको थियो।

पूर्व वडा अध्यक्ष देवीबहादुर क्षेत्री, गाउँपालिकाका कार्यपालिका सदस्य मानबहादुर विक, वडा सदस्य हरिप्रसाद बन्जाडे, दुर्वाशेश्वर माविका प्रधानाध्यापक रोकाकान्त बेल्वासे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कृषक प्रतिनिधि र पत्रकारहरूले मन्तव्य राख्दै वडाले गरेका प्रयासको खुलेर प्रशंसा गरे। मन्तव्यदाताहरूले समाजमा योगदान दिने व्यक्तित्वहरूको पहिचान गरी सम्मान गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गरे।

कार्यक्रममा शिक्षा, कृषि, सञ्चार र सामाजिक सेवामा विशिष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्च अंक प्राप्त गरी विद्यालयमा प्रथम हुने विद्यार्थीहरूलाई सम्मान गरियो। फर्सवाटाकुरा मावि, दुर्वाशेश्वर मावि र सरस्वती भवन राष्ट्रिय माविका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

त्यस्तै पत्रकारिताको क्षेत्रमा सक्रिय रहेर समाजमा सूचना र जनचेतना फैलाउने कार्यमा समर्पित स्थानीय पत्रकारहरूलाई ‘पत्रकार सम्मान’ प्रदान गरिएको थियो।

स्थानीयस्तरमा कृषिमा नवप्रवर्तन र उत्पादन वृद्धिमा योगदान दिने कृषकहरूलाई ‘उत्कृष्ट कृषक सम्मान’ प्रदान गरियो। उनीहरूले स्थानीय खाद्य सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ थियो। साथै सामाजिक सद्भाव, मानव सेवामा समर्पित व्यक्तित्वहरूलाई ‘सामाजिक व्यक्तित्व सम्मान’ प्रदान गरिएको थियो।

कार्यक्रमले स्थानीय स्तरमा योगदान दिने व्यक्तिहरूको मनोबल अभिवृद्धि गर्नका साथै समाजमा सेवामूलक कार्यप्रति प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्यक्रमको समापनमा वडाध्यक्ष युवराज ज्ञवालीले सम्मानित व्यक्तिहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता जनाए।

सामाजिक सद्भाव, प्रेरणा र सहभागिताको उत्कृष्ट उदाहरणको रूपमा उक्त कार्यक्रम सफल र प्रभावकारी भएको सहभागीहरूद्वारा मूल्यांकन गरिएको छ।

कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य सुनीता पोख्रेल र  सञ्चालन वडा प्राविधिक कर्मचारी उमानाथ पौडेलले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img