७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार
spot_img

कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्ने विशेष समिति घोषणा, को-को छन् सदस्य ?

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समिति बनेको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठकमा छानबिन समिति गठन भएकोबारे औपचारिक जानकारी गराएका छन् । जसको संयोजक नेपाली कांग्रेसका सांसद जीवन परियार तोकिएका छन् ।

परियारको संयोजकत्वमा गठित समितिका सदस्यमा कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।

२१ दिनभित्र छानबिन प्रतिवेदन दिनुपर्ने, दोषी देखिएकालाई कानुनी कारबाहीको सिफारिस गर्ने कार्यादेश दिइएको छ। विधेयकको अन्तिम संस्करणमा स्वीकृत भएको प्रावधान राज्य व्यवस्था समितिबाट पारित व्यवस्थाभन्दा फरक रहेको भन्दै विवाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img