गोरुसिंगे जंगलमा एम्बुलेन्स र बिंगर एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु, १२ घाईते

बाणगंगा, २३ असार । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगे जंगलमा एम्बुलेन्स र बिंगर एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।

सोमबार करिब ४ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी ९५ बर्षीया वृद्धा ईन्द्रकला रानाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

अर्घाखाँचीबाट बुटवल जादै गरेको एम्बुलेन्स र बुटवलदेखि चन्द्रौटातर्फ जादै गरेको लु १ ज ४२८० नम्बरको बिंगर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

घाईतेहरुमध्ये एक जनाको अवस्था गम्भिर रहेको र थप उपचारका लागि बुटवल रिफर गरिएको जनाईएको छ । अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पताल, युनाईटेड हस्पिटल र सि एण्ड सि हस्पिटल चारनम्बरमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img